निराजन घिमिरे, असार ३ , चितवन- आजका युवाहरु देश विकासको मेरुदण्ड हुन् । कुनै पनि देशको विकास निर्माणमा युवा वर्गको अग्रणी भूमिका रहन्छ । युवा क्रान्ति र परिवर्तनका संवाहक हुन् । यति भन्दै गर्दा युवा वर्गमा अनुशासनको कमी, अतेरीपना, अहंकार, घमण्ड, मपाईत्व जस्ता गलत आचरण देखा पर्नुे आजको तीतो यथार्थ पनि हो । कति युवाहरु क्याफे रेष्टुरेण्टमा गइ हुक्का तानिरहेका पाइन्छन् भने कतिपय सामाजिक सञ्जालमा असामाजिक र वाहियात किसिमका फोटोहरु लाईक शेयर गरिरहेका हुन्छन् ।
पब्जी, फ्री फायर र क्लब हाउसमा हराइरहेका आजका युवापुस्ता बिच समाजको लागी केहि गर्नु पर्छ भन्ने भावना बोकेका युवाहरुको पनि कमि छैन। उमेर छिप्पिएपछि मात्र होइन युवा अवस्था वाटै समाज सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यता राखेका चितवन खैरहनी नगरपालिका चैनपुरका युवाहरु बिपन्न परिवारको चुलो बाल्न लागी परेका छन् । चैनपुरका चारजना युवाहरुले “टिम चैनपुर” नामको एक समूह बनाई ‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ अभियान नै सुरु गरेका छन् ।
“टिम चैनपुर” ले अहिले सम्म खैरहनी, राप्ती र रत्ननगर नगरपालिकाका विभिन्न १० घरपरिवारलाई दाल, चामल, तेल, नुन, सोयाबिन आलु, साबुन र माक्स लगायत राहत सामाग्री वितरण गरिसकेको छ । चैनपुरका चार युवा विज्ञान न्यौपाने, पारस भुर्तेल, बिनोद पाण्डे र प्रज्वल रिजालको अगुवाईमा सुरु भएको राहात अभियानमा अहिले धेरै व्यक्तिको चासो बढेको र आफुहरुलाई सहयोग आउने क्रम बढ्न थालेको समुहका संयोजक विज्ञान न्यौपानेले बताए । उज्यालो नेपाल संग कुराकानी गर्दै न्यौपानेले, ” निषेधाज्ञाका विच सुरु भएको आफ्नो अभियान अब निरन्तर जारी रहने ” बताए । आफ्नो अभियानलाई सहयोग गरिदिन पनि न्यौपानेले आग्रह गरेका छन् ।
भिडियो
https://ujyaalonepalnews.com/archives/14770


