कतारले १० लाख विदेशीलाई निशुल्क कोरोना खोप दिने

कतारले १० लाख विदेशीलाई निशुल्क कोरोना खोप दिने

कतारले सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता हेर्न आउने १० लाख विदेशी दर्शकलाई कोरोना विरुद्दको खोप दिने भएको छ । कतिपय मुलुकले कोरोना विरुद्दको खोप लगाउन अझै नसकेको भन्दै खोप नलगाएका व्यक्तिलाई रंगशालामा पस्न नदिइने भन्दै त्यस्ता व्यक्तिलाई कतारले आफैं खाप लगाइदिने बताएको हो ।

कतारका प्रधानमन्त्री तथा आन्तरिक मामिला मनत्री शेख खालिद बीन अलिफा बीन अव्दुल्लाह अल थानीले कतारका पत्रिकाहरुका प्रधानसम्पादकहरुसँग पहिलो पटक बोल्दै यस्तो जानकारी दिएका हुन् । द पेनन्सुला कतारका अनुसार प्रधानमन्त्री अलथानीले विश्वकप फुटवल हेर्न आउने र पूर्ण रुपमा खोप लगाउन असमर्थहरुलाई कतारले नै खोप लगाइदिने बताएका हुन् । फिपा विश्वकप सुरु हुँदा अधिकाँश मुलुकहरुले आफ्ना नागरिकलाई पूर्ण रुपमा खोप लगाएका हुने छैनन्, उनले भनेको उधृत गर्दै समाचारमा लेखिएको छ, त्यस्ता व्यक्तिलाई सोझै रंगशालामा प्रवेश गर्न दिइने छैन । उनीहरुलाई खोप लगाउन विभिन्न कम्पनीहरुसँग छलफल भइरहेको उनले बताए ।

उनले ति दर्शकहरुलाई खोप लगाउन आवश्यक पर्ने १० लाख डोज भ्याक्सिन खरिद गर्न छलफल भइरहेको प्रधानमन्त्री अल थानीले बताएका हुन् । हाम्रो प्राथमिकता भनेको विश्वकप फुटवल हेर्न आउने व्यक्तिहरुलाई खोप लगाएर हाम्रा नागरिकहरुलाई सुरक्षित बनाउनु हो, अल थानीले भनेका छन्, साथसाथै फुटवल प्रतियोगिता हेर्न आउने दर्शकहरुलाई पनि सुरक्षित बनाउनु हो । देश परदेश डटकम बाट

https://ujyaalonepalnews.com/archives/14837

Previous articleटन्टलापुर घाममा कामदारलाई जोताउने ९८ कम्पनीलाई कारबाही
Next articleचितवन: वार्षिक १७ करोडको सुन बेच्ने व्यापारी मर्सिडिज कार चढेर छोराको पोषण भत्ता ४०० बुझ्न बैंकमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।