सुजिता भण्डारी प्रकरण: प्रदर्शन उ’ग्र बन्दै गएपछि पुर्विचितवनमा कर्फ्यु आदेश जारी

सुजिता भण्डारी प्रकरण: प्रदर्शन उ’ग्र बन्दै गएपछि पुर्विचितवनमा कर्फ्यु आदेश जारी

निराजन घिमिरे, असार २२, चितवन- चितवन राप्तीकी २२ वर्षिया सुजिता भण्डारीको ला’स घर बाट ३ किमी पर जंगलमा सडे’गलेको अवस्थामा भेटिए संगै पुर्विचितवनको अवस्था तना’बग्रस्त बनेको छ । साथीको घरमा तरकारी लिन हिडेकी सुजिता विगत १० दिन देखि बे’पत्ता थीइन् । बे’पत्ता सुजिताको खोजबिन तथा अनुसन्धानमा उपलब्धी हात नलागिरहेका बेला आइतबार दिउँसो २ बजे राप्ती नगरपालिका–३ को ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा उनको श’व भेटिएको थियो ।

जंगलको झाडीमा भेटीएको श’वको पो’स्टमार्टम गर्नको लागी पठाउने तयारी गर्दै गर्दा हिजो स्थानीयले पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरि प्रदर्शन गरेका थिए । तर चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, चितवन प्रहरी प्रमुख ओम प्रसाद अधिकारी, राप्ति नगरपालिकाका जनप्रतिनिधि  र प्रदर्शनकारी बीच भएको वार्तामा घट’नाको सत्यतथ्य छानबिन गर्ने र पि’डित पक्षलाई राहतको लागी पहल गर्ने सहमती संगै हिजोको प्रदर्शन शान्त भएको थियो ।

तर आज दिउँसो बाट पोष्टमार्टम रिपोर्टमा केहि पनि नदेखिएको ह’ल्ला चलेसंगै आन्दोलन पुन: चर्किएको हो । प्रदर्शकारीले पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरि सडकमा टायर बालेर प्रदर्शन सुरु गरेका थिए । सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि ढुंगामुढा प्रहार हुनथालेपछी प्रहरीले बल प्रयोग गरेको प्रसाशनले जानकारी दिएको छ । प्रहरीले स्थानीयलाई ल’खेटी ल’खेटी कु’टेको स्थानीयले बताएकाछन् । प्रहरीले स्कुटरमा यात्रा गरिरहेकालाई समेत लडा’एर ला’ठि प्र’हार गरि घा’ईते बनाएको प्रत्यक्षदर्शीले बताए ।

प्रहरीले भिडलाई तितरबितर पार्न सयौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले स्थानीयको घर ताकीताकी अश्रुग्याँस प्रहार गरेको राप्ती बाट पत्रकार सुरज बराकोटीले जानकारी दिनुभयो । अश्रुग्याँस प्रहार बाट आधा दर्जन बालबालिका घा’ईते छन् । प्रदर्शन उग्र बनेसंगै जिल्ला प्रशासन कार्यालय चितवनले पुर्विचितवनका केहि क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ  । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं. १ लोथरपुलदेखि राप्ती नगरपालिका वडा नं. ४ डढुवासम्मको राजमार्गको दाया बायाँ पाँच सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो। आज साँझ साढे ७ बजेदेखि भोलि २३ गते बेलुकी साढे ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो।

https://ujyaalonepalnews.com/archives/14988

Previous articleविदेशमै पर्यो लव: सानो झग’डाका कारण नेपाली जोडीले झु’ण्डिएर ज्यान फाले
Next articleखुसीको खबर: सबै अन्तर्राष्ट्रिय उडान खुल्ने टिकटको कालोबजारी रोकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।