प्लेन उड्ने दिन कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर

प्लेन उड्ने दिन कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर

दोहा- रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो । विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारेर घर फर्किने तयारीमा रहेका बेला एक्कासी मृत्युको खबर आएको मृतकका ज्वाइँ सञ्जयले जानकारी दिए ।

उनलाई उच्च रक्तचापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए ।मृतक महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए । मृतकका श्रीमती, ३ छोरी र १ छोरा छन् ।

यो पनि पढ्नुहोस्: यूएईमा कार्यरत नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

यूएई – संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । यूएईमा कार्यरत नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले ५९ हजार थान पीसीआर कीट खरिद गरी नेपाल पठाएका हुन् । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान सामाग्री नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली समुदायले पठाएको पीसीआर किट सामाग्री बुधवार बिहान १० बजे काठमाण्डौ पुगेको छ । यूएईबाट पठाएको स्वास्थ्य सामाग्री पीसीआर किट स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले विमानस्थलमै पुगेर बुझ्नुभएको छ । नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग वितरण गरिने भएको छ ।

कोरोना विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न यूएईमा कार्यरत नेपालीले झण्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी पीसीआर किट किनेका हुन् ।

https://ujyaalonepalnews.com/archives/15009

Previous articleअब एजेन्टलाई कमिसन तिर्न पर्दैन; हिमालय एअरलाइन्सको टिकट अनलाईन मै काट्न सकिने
Next articleखोप लगाउन नपाउँदा विदेश जाने कामदार मर्कामा; खाई पाई आएको रोजगारी समेत गुम्ने ख’तरा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।