दलित भागेर संग बिहे गरेकी मालतीलाई २१ दिन पछी माईति पक्षले फर्काएर लगे

दलित भागेर संग बिहे गरेकी मालतीलाई २१ दिन पछी माईति पक्षले फर्काएर लगे

धनगढी — अन्तरजातीय प्रेम विवाह गरेर घर छोडेको २१ दिनपछि युवतीका अभिभावकले उनलाई केटाको घरबाट फर्काएका छन् । अभिभावक र गाउँलेको डरले उनीहरु भागेर बाहिरै बसेका थिए । कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विक र जानकी–८ की मालती रावल असार ४ गते घरबाट भागेका थिए । घर फर्किने क्रममा उनीहरुले बिहीबार कैलालीकै सत्तीघाट पुल नजिकको जंगलबाट भिडियो रेकर्ड गरेर आफूहरु असुरक्षित रहेको र जंगलमै बस्नु परेको बताएका थिए । प्रहरीका अनुसार उनीहरु दुवैको उमेर २० वर्ष पुगेको छैन ।

कैलाली प्रहरीका अनुसार घरबाट भागेको अवधिमा उनीहरु बुटवल गएर बसेको खुल्न आएको छ । भिडियो पोस्ट भएलगत्तै चौतर्फी चर्चा भएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो । शुक्रबार दुवै जना प्रहरीको सम्पर्कमा रहेको र उनीहरु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए । मालतीलाई उनका अभिभावक पक्ष आएर घर लिएर गएका हुन् ।

‘दुवै जनासँग बुझ्दा घरबाट भागेर उनीहरु बुटवल गएर बसेको देखिएको छ । बिहीबार घर फर्किने क्रममा दुवैले सत्तीघाट पुल नजिक जंगलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको बुझिन आएको छ,’ प्रवक्ता विष्टले भने, ‘हिजो राति उनीहरु दुवै केटाकै घरमा बसेका हुन् । कसैले उनीहरुमाथि कुटपिट भएको हल्ला चलाएका भए पनि त्यस्तो केही छैन ।’

प्रहरीका अनुसार दुवैको उमेर २० वर्ष पुगेको छैन । २० वर्ष मुनिकाले विवाह गर्न पाउने कानुनी व्यवस्था छैन । प्रवक्ता विष्टका अनुसार केटाको उमेर १९ वर्ष र केटीको उमेर १८ छ ।

https://ujyaalonepalnews.com/archives/15032

Previous articleरत्ननगर नगरपालिकाले बाड्यो किसानलाई ट्रयाक्टर लगायर मेसिनरी औजार
Next articleबाटो हिड्ने महिला तथा बालबालिकाको गोप्य अंग समाउँदै हिड्ने चमार सिङ पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।