भद्रकाली डेरीले २५० कृषकलाई बाड्यो करिब १२ लाख अनुदान रकम

भद्रकाली डेरीले २५० कृषकलाई बाड्यो करिब १२ लाख अनुदान रकम

निराजन घिमिरे, असार २६, चितवन- चितवनको रत्ननगर १६ हात्तीगाड़ेमा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था लि. ले आफ्ना २५० जना कृषकलाई अनुदान रकम वितरण गरेको छ । २०७६ साल श्रावण देखि २०७७ साल असार मसान्त सम्म दुध बिक्री गरेका कृषकहरूलाई रकम वितरण गरिएको हो । किसानहरूले उत्पादन गरेको दुधको परिमाणका आधारमा अनुदान रकम प्रदान गरेको सहकारी संस्थाका अध्यक्ष युवराज थापाले उज्यालो नेपाललाई जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त अनुदान रकम एघार लाख चौरानब्बे हजार सात सय आठ रुपियाँ सहकारीका कृषकहरुले प्राप्त गरेका हुन् । आर्थिक वर्ष भरिमा कृषकहरुले बिक्रि गरेको दुधको प्रति लिटर २ रुपियाँ अनुदान दिने बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत उक्त अनुदान रकम बाँडिएको हो ।

सहकारीमा उक्त अवधीमा कृषकहरुले जम्मा ५,९७,३६४  लिटर दुध विक्री गरेका छन् । जस मध्य भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष युवराज थापाले सबै भन्दा धेरै दुध बिक्रि गरेका छन् । उनले उक्त अवधीमा ३८,७८८ लिटर दुध बिक्रि गरेको सहकारीका व्यवस्थापक राजु बुढाथोकीले जानकारी दिए । उनले अनुदान बापत ७७,५७६ रुपैयाँ प्राप्त गरेका छन् ।

हिजो असार २५ गते शुक्रबार सहकारीकै कार्यालयमा सम्पन्न एक कार्यक्रम बीच उक्त अनुदान रकम वितरण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वार्ड नं. १६ का वडाध्यक्ष हेमराज थापाले ” प्रदेश सरकारको अनुदान कार्यक्रमको प्रसंसा गर्दै यस्त कार्यक्रमले कृषकहरुलाई अझै कृषि पेशामा दत्तचित्त भएर लाग्न उत्पेरणा प्रदान गरेको बताउनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले ” राज्यको अनुदानमा हुनेखाने र नेताकार्यकर्ताको मात्र पहुँच रहेको अवस्थमा विक्रीको आधारमा वितरण गरिने यस्तो अनुदान साना ठुला सबै कृषकको हातमा पुग्ने” भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो ।

रत्ननगर नगरपालिकालाई पनि आफुहरुले उत्पादनमा आधारित अनुदान वितरण गर्न आग्रह गरेको तर नगरपालिकाले आफुहरुको आग्रहलाई लत्याएको बगालेले आरोप लगाउनुभयो । आफुहरु २० ओटा दुग्ध सहकारीका अध्यक्षहरु उत्पादनको आधारमा अनुदान कार्यक्रम लागु गर्न आग्रह गर्दै नगरपालिका कार्यालय पुगेको भएता पनि रत्ननगरको नीति तथा कार्यक्रमामा त्यस्तो कुनै विषय नअटाएको उँहाको भनाई छ ।

कार्यक्रममा सहकारीका पुर्व अध्यक्षहरु  विष्णु अर्याल, रामहरी पनेरु, दिल बहादुर थापा, वडा सदस्य विष्णु प्रसाद रिमाल लगायत अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको सभापतित्व सहकारीकै अध्यक्ष युवराज थापाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सहकारीकै लेखा समिति संयोजक अनुप बुढाथोकीले गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/15038

Previous articleबाटो हिड्ने महिला तथा बालबालिकाको गोप्य अंग समाउँदै हिड्ने चमार सिङ पक्राउ
Next articleदलालले विदेश पुर्यायो; चार वर्ष देखि छैन सम्पर्क बाटो कुर्दै छन् छोरा र श्रीमान्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।