कतार प्रवेश गर्दा लागु हुने नियम परिवर्तन भएपछी नेपाली दुताबासले जारी गर्यो यस्तो सुचना

उज्यालो नेपाल, असार २७– कतारमा सोमबार अर्थात् १२ जुलाई २०२१ बाट लागू हुने गरी क्वारेन्टिन सम्बन्धी नयाँ नियम लगाइएको छ । जसअनुसार कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु नपर्ने गरिएको छ । कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपले मान्यता पाएका छन् । कतारले पछिल्लो ९ महिनाको अन्तरालमा कोरोना संक्रमण भएकाले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै लगाएको भएपनि होटेल क्वारेन्टिन बस्नु नपर्ने बताएको छ ।

सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजना सँगै यात्रा गर्दा अभिभावकले कतारमा मान्यता प्राप्त खोपको दुवै डोज लगाइसकेको भए बच्चा पनि भ्याक्सिनेट मानिने निर्णय छ । तर कतारमा मान्यता प्राप्त नभएको सिनोफर्म, भेरोसेल, कोभिसिल्ड आदि खोप लगाइसकेको भएपनि १० दिन होटल क्वारेन्टिन भने बस्नुपर्ने छ । नेपाललाई कतारले हालसम्म पनि खतराको उच्च जोखिम मानिने ‘रेड जोन’को सुचीमा राखेको छ । खतरा कम रहेका ‘ग्रीन जोन’मा पर्ने मुलुकबाट कतार प्रवेश गर्नेले आफ्नो मुलुकमा १० दिन होटेल क्वारेन्टिन बसेर आएको प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति दिइने व्यवस्था गरिएको छ ।

ग्रीन र एल्लो जोनको सूचीमा रहेका देशहरूबाट जानेहरुको भने विमानस्थलमा पीसीआर गर्नुपर्ने छैन । रेडजोनको सूचीमा रहेका मुलुकहरुबाट कतार गएपछि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्यरुपमा पीसीआर टेष्ट गर्नुपर्नेछ । तर नेपालबाट कतार जाँदा १२ घण्टा अगाडि ehteraz.gov.qa मा आफ्नो यात्रा विवरण अनिवार्य रजिस्टर गर्नुपर्ने छ ।

दुताबासले जारी गरेको सुचना यस्तो छ

१२ जुलाई २०२१ (तदनुसार २०७८ आषाढ २८ गते) देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुको लागि प्रचलित मापदण्डमा केही संसोधन गरेको छ । संसोधित मापदण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका मापदण्डको पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ:

  • हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ
    पि. सी. आर. रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने ।
  • यात्रा गर्नुभन्दा ७२ घण्टादेखि कम्तीमा १२ घण्टाअघि अनिवार्यरुपमा एहतराज वेबसाइट मा अनलाइनबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Authorization प्रिन्ट गरी साथमा लिएर मात्रा यात्रा गर्न पाइने ।
  • कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले क्वारेन्टिन बस्नुनपर्ने । त्यसैगरी कतारमा मान्यता दिएका Pfizer-BioNTech, Moderna, Oxford-Astrazeneca र  Janssen/ Johnson & Johnson खोपको मात्रा अन्य कुनै देशमा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले समेत क्वारेन्टिन वस्नु नपर्ने ।

 

 

  • कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुले समेत क्वारेन्टिन बस्नु नपर्ने ।
  • खोपको मात्रा पूरा नगरेका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्यरुपमा Discover Qatar वेबसाइटबाट बुकिङ्ग गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने ।
  • माथि उल्लेखित खोपको मात्रा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका व्यक्तिका लागि पारिवारिक भ्रमण, व्यवसाय ‘तथा पर्यटक भिसा जारी गर्न सकिने ।

यस विषयमा थप जानकारीका लागि सम्बन्धित एअरलाइन्स संग सम्पर्क गर्नुहोला । नेपाली राजदूतावासदोहा ,कतार ।

https://ujyaalonepalnews.com/archives/15057

Previous articleकतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?
Next articleहार्टअट्याक भई मृत्यु भएका सुशील परियारको परिवारलाई नेस्टो कम्पनीले गर्यो यति ठुलो सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।