नहरमा डु’बेर चितवनमा २ बालकको मृ’त्यु; साथी बचाउन गएका अंकितलाई पनि नहरले खायो

नहरमा डु’बेर चितवनमा २ बालकको मृ’त्यु; साथी बचाउन गएका अंकितलाई पनि नहरले खायो

निराजन घिमिरे, साउन ६, चितवन-  चितवनमा नहरमा डु’बेर दुई जना बालकको मृ’त्यु भएको छ । भरतपुर महानगरपालिका २ स्थित क्षेत्रपुरमा सोहि स्थान बस्ने  वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको आज दिउँसो करिब ४ बजेको समयमा नजिकै रहेको नरहमा डु’बेर मृ’त्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, क्रिकेट खेलेर हातखुट्टा धुन भनि नहरमा गएका विबेक चि’प्लिएर नहरमा खसेपछि उसलाई बचाउन जाँदा अंकित पनि नहरमा डुबे’का हुन् ।

डुबेको स्थानदेखि दुई सय मिटर पर नहरबाट उद्धार गरि उपचारको लागी अस्पताल पठाएको र अस्पतालले मृ’त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । साथै बर्षातको समयमा नारायणी नदि लगायतका नदी, खोला, नहरहरुले बगाई तथा पानि जमेको पोखरीहरुमा डुबी मानिसहरुको मृ’त्युको घटनाहरु दोहोरिएको देखिएकोले त्यस्ता ठाउँमा नजान प्रहरीले अनुरोध गरेको छ । (तस्बिर: सांकेतिक रुपमा प्रयोग गरिएको)

जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोध ।

बर्षातको समयमा नारायणी नदि लगायतका नदी, खोला, नहरहरुले बगाई तथा पानि जमेको पोखरीहरुमा डुबी मानिसहरुको मृ’त्युको घट’नाहरु दोहोरिएको देखिएकोले सम्पुर्ण आदरणीय चितवन बासी जनसमुदायहरुमा नदी, खोला, नहर तथा पानि जमेको पोखरीहरुमा नजान तथा जानै परे पुर्ण साबधानी अपनाउन हुन अनुरोध गर्दछौ । साथै सम्पुर्ण अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई नदी, खोला, नहर तथा पानि जमेको पोखरीहरुमा खेल्न तथा नुहाउन जान नदिने तर्फ सचेतना अपनाउन हुन समेत अनुरोध गर्दछौ ।

https://ujyaalonepalnews.com/archives/15133

Previous articleपुरानो निर्णय सच्चियो: वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने
Next articleचितवनमा फेरी अर्को घ’टना: धान बारी नजिकै एक ला’स भेटियो, ला;स नजिकै गो’लीको खाका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।