खोप लगाएको कति दिन पछी विदेश जान पाईन्छ? निश्चित दिन नपुगे गएर क्वारेन्टाइन बस्न पर्ने

काठमाडौं : साउदी अरबले कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपाली कामदारलाई प्रवेश अनुमति दिने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साउदी अरब आउने नेपाली कामदारले जोनसनको खोप लगाएर आउन पाउने जनाएको हो । छुट्टीमा नेपाल आएर साउदी फर्किने तथा नयाँ कामदार जोन्सनखोप लगाएर साउदी गए त्यहाँ गएर संस्थागत क्वारेन्टिन बस्नु नपर्ने दूतावासले जानकारी दिएको छ । तर खोप लगाएको १४ दिन कटेको हुनुपर्ने दूतावसले बताएको छ ।

दूतावसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘छुट्टीमा नेपाल गएर साउदी फर्किन लागेका र साउदी अरब आउने नयाँ कामदारले जोनसन एण्ड जोनसनको खोप लिन सक्नेछन् । उक्त खोप लगाएको १४ दिनपछि साउदी अरबमा आउँदा यहाँ आएपछि संस्थागत क्वारेन्टिनमा बस्नुपर्दैन ।’ दूतावासले खोप लगाउन जाँदा आफ्नो राहदानी र भिसा अनिवार्यरुपमा साथमा लिएर जानसमेत अनुरोध गरेको छ । साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएको छ । साउदी जानेले टिकट काट्दा एयरलाइन्स र ट्राभल एजेन्सीलाई यो कुराको जानकारी गराउन दूतावासले अनुरोध गरेको छ ।

साउदीमा त्यहाँको सरकारले मान्यता दिएको खोप मध्ये फाइजर, अस्ट्राजिनेका, मोडेर्ना खोपको २ वटै डोज लगाइसेका वा जोन्सनको खोप एक डोज लगाएकाले १४ दिन कटेको छ भने संस्थागत क्वरेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ । साथै कोरोना संक्रमण भएर निको भएको ६ महिना कटेको भए पनि संस्थागत क्वारेन्टिन बस्नु नपर्ने दूतावासले सूचनामार्फत जानकारी गराएको छ ।

साउदी सरकारको यो निर्णयसँगै अब विभिन्न कारण बिदामा नेपाल आएका नेपाली कामदारहरु जोनसन एण्ड जोनसनको खोप लगाएर सहजरुपमा साउदी जान पाउने भएका छन् । यसअघि नेपालमा जोनसनको खोप उपलब्ध नहुँदा साउदी गएर नेपाली कामदार क्वारेन्टिनमा बस्दा लाखौं खर्च गर्न बाध्य भएका थिए ।

यसैबीच साउदी सरकारले कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई सार्वजनि स्थलमा जान प्रतिबन्ध लगाएको छ । अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइएको साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ब्युटि पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गरिएको छ । मध्यान्ह

https://ujyaalonepalnews.com/archives/15146

Previous articleसाउदी बाट छुट्टीमा आएकालाई खुसीको खबर: अगस्ट ३१ सम्म साउदी प्रवेस गर्दा फाईन नलाग्ने
Next articleविदेश जान खोप लगाएर मात्र पुग्दैन, खोप कार्ड प्रमाणीकरण समेत गराउन पर्छ, कँहा गएर गराउने ??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।