Home Uncategorized अत्यधिक चाप बढेपछी QR Code सहितको प्रमाणपत्रको लागी आवेदन लिने कार्य स्थगित

अत्यधिक चाप बढेपछी QR Code सहितको प्रमाणपत्रको लागी आवेदन लिने कार्य स्थगित

काठमाण्डौ – तत्काललाई काेराेना विरुद्धको खाेपकाे क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित भएको छ । कीर्तिपुरमा आवेदन दिएका व्यक्तिको क्युआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि भौतिक रूपमा उपस्थित भएर थप आवेदन दिने कार्य स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर अनलाइनमार्फत भने आवेदन दिन सकिने छ ।

आफ्नो प्रमाणपत्र तयार भए नभएको आफैँले अनलाइनमार्फत हेर्न सकिने भन्दै प्रमाणपत्रका लागि भनसुन गर्न नपर्ने पनि मन्त्रालयले जनाएको छ  क्युआर कोडसहितको खोप लगाएको प्रमाणपत्र अनिवार्य भएका देशमा जान लागेका व्यक्तिलाई प्रमाणपत्र प्राप्त भएपछि मात्र जहाजको टिकट काट्न पनि विभागले अनुरोध गरेको छ।

QR Code सहितको प्रमाणपत्रको लागी अनलाईन फारम कसरी भर्ने ? 

वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि यो लिंकमा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ । कबुलियतनामा ‘रिक्वेस्ट फर्म”बाटै डाउनलाेड गर्न सकिन्छ, साथै फारम भर्ने ठाउँमा पनि उपलब्ध हुने विभागले जनाएकाे छ ।

तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्नेछ । यस्ता नागरिकको हकमा विभागले द्रुत सेवामार्फत चौबीस घण्टाभित्रै र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ । अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आफैँ उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्नेछन् ।

फारम भर्न आवश्यक कागजातहरु 

  • नागरिकताको स्क्यान कपि
  • पासपोर्ट साईजको फोटोको स्क्यान कपि
  • खोप कार्डको स्क्यान कपि
  • कबुलियतनामाको स्क्यान कपि

फारममा सम्पूर्ण विवरण ठिक संग भर्नुहोला ! रातो अक्षरमा अनिवार्य लेखेको ठाउमा अनिवार्य भर्नुहोला ! कबुलियतनामा फारमको लागी यँहा क्लिक गर्नुहोला । यो फारम डाउनलोड गरेर हातैले भर्नुहोला र त्यसलाई स्क्यान गरेर वा राम्रो संग फोटो खिचेर फेरी अपलोड गर्नुहोला !  फारम भरिसकेपछी यस्तो म्यासेज देखाउने छ ! यसलाई स्क्रिनशोट गरेर वा कापीको पानामा टिपेर राख्नुहोला !

आफुले भरेको फारमको अपडेट थाहा पाउन यँहा क्लिक गर्नुहोला ! त्यसमा आफ्नो दर्ता नम्बर र जन्म मिति हालेर खोज्नुहोला ! त्याँहा तपाइको फारमको अवस्थाको बारेमा जानकारी आउनेछ!

https://ujyaalonepalnews.com/archives/15431

Previous articleखोप कार्ड वितरणमा ढिलाइ हुँदा विदेश जाने सेवाग्राहीको विच’ल्ली
Next articleसरकारले र्‍यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई यात्रा अनिश्चितकालका लागि स्थगन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।