ईलिगल विरुद्ध साउदी सरकारको कडा अपरेसन, एकै हप्तामा १२,८९९ जना पक्राउ
उज्यालो नेपाल, १२ अगस्ट- साउदी सरकारले साउदीमा अवैध ढंगले बसोबास गरिरहेका १२८९९ विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । साउदी सरकारको आन्तरिक मामिला मन्त्रालयका अनुसार जुलाई २९ देखि अगस्ट ४ सम्म एक हप्ताको बिचमा सुरक्षा बलका विभिन्न एकाइहरुद्वारा संयुक्त रुपमा चलाईएको अप्रेसनको क्रममा ठुलो संख्यामा ईलिगल बसिरहेका विदेशीहरु पक्राउ परेका हुन्। उनीहरुलाई साउदीको विभिन्न ठाउँवाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका मध्य ४१३० जना साउदीको अनुमती नलिई बसोबास गरिरहेका, ७७२१ जना सिमा सुरक्षा कानुन तोडेका र १०४८ जना श्रम कानुन तोड्नेहरु छन् । त्यस्तै अन्य ३२२ जनालाई सीमा पार गर्न खोजिरहेको अवस्थामा गिरफ्तार गरीएको थियो। पक्राउ पर्ने मध्य ४९% यमनी, ४९ इथियोपियाली र बाँकी २% अन्य राष्ट्रहरु छन् । ५१ प्रतिशत उलघनकर्ताहरु सीमा पार गर्न को लागी साउदी अरब बाट बाहिर जान खोजीरहेका थिए ।
अवैध कामदारहरुलाई यातायातको व्यवस्था गर्ने र लुकाउनको लागी सहयोग गर्ने अन्य ५ जना व्यक्तिहरु पनि पक्राउ परेका छन् । हाल पक्राउ परेका १२८९९ सहित जम्मा ७०६०८ जना अवैध बसोबास गर्नेहरुलाई साउदी सरकारले एकैचोटी कारबाही चलाउने जनाएको छ । टि मध्ये ५८७१६ जना पुरुष छन् भने ११८९२ जना महिलाहरु छन् ।
आन्तरिक मन्त्रालयक अनुसार राज्यमा घुसपैठि गर्नको लागी सहज बनाउने, घुसपैठ गरेका वा अवैध बसेकाहरुलाई यातायात सुबिधा उपलब्ध गराउने, लुक्न सघाउने वा त्यस्ता व्यक्तिहरुलाई कुनै पनि प्रकारको सहयोग गर्ने वा सेवा दिनेलाई १५ बर्ष सम्म जेल सजाय र अधिकतम १० लाख रियाल सम्मको जरिवाना हुनेछ र त्यस्ता काममा प्रयोग भएका आवास भवन र सवारीसाधनको समेत जफत हुनेछ ।
( श्रोत खुलाईएका बाहेक उज्यालो नेपाल न्युजमा प्रकाशित अन्य सामाग्रीहरु उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा.लि का सम्पती हुन् । क्रेडिट दिएर वा नदिएर अन्य अनलाईनहरुमा यस्ता सामाग्रीहरु प्रकाशन/प्रशारणमा रोक लगाईएको छ । यदि यस्तो कार्य भए/ गरेको पाईएमा कानुनि उपचारको लागी बाध्य भईनेछ । त्यस्तै कपिराईटको लागी फेसबुकमा समेत रिपोर्ट गरिने छ )
https://ujyaalonepalnews.com/archives/15438


