मलेशियामा ईलिगल हुनुहुन्छ ? कसरी घर फर्कने ? के के चाहिन्छ कागजात?

मलेशियामा ईलिगल हुनुहुन्छ ? कसरी घर फर्कने ? के के चाहिन्छ कागजात?

उज्यालो नेपाल, २८ अगस्ट- मलेशिया सरकारले आफ्नो देशमा अवैध रुपमा बसिरहेका विदेशी नागरिकहरु माथि धरपकड गरिरहेको छ । पछिल्ला केहि दिनहरुमा मात्र ईन्डोनेशियन, म्यानामारी, बंगाली नेपाली गरि सयौं ईलिगल कामदारहरु पक्राउ परेकाछन् । मलेसियाको कानून अनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ। तर विभिन्न कारणले कम्पनी छोडेर कामदारहरु ईलिगल बन्दै आएका छन् ।

पछिल्लो समयमा मलेशियाँ प्रहरीले गैरकानुनी रुपामा मलेशियामा बसिरहेका आप्रबासी कामदार पक्रने अभियान सुरु गरेपछि धेरै नेपाली नागरिकहरु पनि पक्राउ परेका छन् । गत बुधबार मात्र  मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागले जनाएको छ ।

nepali in malaysia

छापा मार्ने क्रममा कागजपत्र चेकजाँच गरेको तथा साथमा कुनै डकुमेन्ट नभएका ७ नेपाली, ४८ बङ्लादेशी र रोजगारदाता कम्पनीका मालिकलाई मलेसिया प्रहरीले पक्राउ गरेको हो । मलेसियाले गैरकानूनी कामदारहरुलाई स्वदेश फिर्तीको लागि सञ्चालनमा रहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म पुर्याएको छ ।

ईलिगलहरुले नेपाल फर्कन के गर्ने? 

पासपोर्ट साथमा भएका नेपाली नागरिकहरुले स्वदेश फर्कनको लागी राहदानी र हवाई टिकट लिएर शिधई विमानस्थल जानसक्ने मलेशियामा रहेको नेपाली दुताबासले जनाएको छ । त्यस्तै पासपोर्ट पनि नभएका ईलिगलहरुले नेपाली दुताबासमा पुगेर नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने दूतावासले जनाएको छ ।

पासपोर्ट वा ट्राभल डकुमेन्ट तयार भएपछी कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइन बुक गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नु पर्नेछ । विमानस्थलको अध्यागमनमा पांच सय रिंगेट फाईन तिर्नुपर्ने हुन्छ । नगद कारोबार नहुने भएकोले अध्यागमनमा तिर्नुपर्ने फाईन क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ । यि सबै प्रक्रिया पुरा गरेर नेपाल फर्कन सकिनेछ।

https://ujyaalonepalnews.com/archives/15645

Previous articleरियादको बथा-नेपाली मार्केट नजिक बधुले यसरी लुट्यो मेरो एक महिनाको कमाई
Next articleपानीपुरीको पानीमा यसरी मिसाईयो पिसाब, जगमा पिसाब फेरेर यस्तो गरे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।