Home Uncategorized समाजवादीमा गएका रत्ननगरका तिन जनप्रतिनिधी पुरानै घरमा फर्किए

समाजवादीमा गएका रत्ननगरका तिन जनप्रतिनिधी पुरानै घरमा फर्किए

समाजवादीमा गएका रत्ननगरका तिन जनप्रतिनिधी पुरानै घरमा फर्किए

निराजन घिमिरे, भदौ १८, चितवन-  मूल पार्टी एमाले छोडेर समाजवादी तिर लागेका रत्ननगरका ३ जनप्रतिनिधि पुन: एमालेमै फर्किएका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर नवगठित नेकपा (एस) मा सनाखत  गरेको एकदिन नबित्दै उनीहरु पुनः मूल पार्टीमै फर्किएका हुन् । नगर कार्यपालिका सदस्य कृष्णहरि परियार, रत्ननगर-८ कि वडा सदस्य कुमारी वि.क र वडा नं ३ की वडा सदस्य विमला परियार पुन: एमालेमै फर्किएका हुन् ।  आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले आफुहरु एमालेमै रहने जानकारी दिएका हुन् ।

उनिहरुले जिल्ला निर्बाचन कार्यालय पुगि आँफुहरु नेकपा (एमाले) मै रहने भन्दै हिजोको निवेदन फिर्ता गराउन आज निवेदन दर्ता गराएका छन । जनताले नेकपा (एमाले) को चुनाव चिन्ह सुर्यमा मतदान गरि बिजयी गराएकोले मतदाताको जनभावना अनुसार नै आफुहरुले दल परिबर्तन नगरेको समेत बताएका छन ।

यस अघि वडा नं. १५ का वडाध्यक्ष हुमनाथ लामिछाने, वडा नं. ९ का वडाध्यक्ष रोशन आचार्य र वडा नं १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले एमाले त्यागेर समाजवादी तिर लागेका थिए । त्यस्तै त्यस्तै कार्यपालिका सदस्य राजेन्द्र हमाल, वडा नं १२ की वडासदस्य तथा कार्यपालिका सदस्य निर्मला खड्का, वडा नं १६ का वडा सदस्य नेत्र रायमाझी, वडा नं ८ का वडा सदस्यहरु नेत्र गिरी,वडा नं ९ की वडा सदस्य गायत्री विक,सोही वडाका वडा सदस्य मन बहादुर थापामगर,वडा नं १० का वडा सदस्य कमलबहादुर घिमिरे र वडा नं १५ का वडा सदस्य अनिल थिङ पनि एमाले छोडेर समाजवादीमा लागेका छन् ।

माधव नेपालको पक्षमा रहेका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरू एमालेमै रहने भएसँगै रत्ननगर क्षेत्रमा एकीकृत समाजवादी कमजोर बन्ने देखिएको छ । यता समाजवादीका स्थानीय नेता विजय खनालले भने २२ गते सम्ममा रत्ननगरका धेरै जनप्रतिनिधि नेकपा (एस) को पक्षमा उभिने दाबी गरे।

 

https://ujyaalonepalnews.com/archives/15704

Previous articleकतार प्रहरीमा भर्ना म्यानपावर बाटै; अहिले जम्मा २ सय जना भर्ना हुने तलब ६ हजार रियाल
Next articleटाँडी चोकको A2Z मोबाईल पसलको सटर फोडेर चोरी गर्नेलाई प्रहरीले समायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।