मलेसियामा नाईट डिउटि गरेर फर्किएका पूर्णलाल वसको सिटमै अस्ताए

मलेसियामा नाईट डिउटि गरेर फर्किएका पूर्णलाल वसको सिटमै अस्ताए

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/१८ भाद्र २०७८, शुक्रवार// मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाडँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृत्यु भएको हो । मलेसियाको मेरुमा रहेको टवग्लोव कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिनजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएको थियो ।

गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन । नजिकै भएको साथिले निदाईरहेका होलान भनेर फोन टिपेर दिदा हलचल नगरेपछि हेर्दा उनको मृत्यु भैसकेको थियो ।

मोक्तान ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । शवलाई पोस्टमार्टको लागि स्थानिय केलाग अस्पतालमा लगिएको छ । उनको के कारणले मृत्यु भएको हो पोसमार्टम पश्चात थाहा हुने छ । यस अगाडि उनी कुनै पनि रोग नदेखिएको र केहि पनि औषधीहरु प्रयोग नगरेको साथीहरुले जानकारी गराएका छन । रास्ट्र डेली बाट साभार गरिएको

https://ujyaalonepalnews.com/archives/15710

Previous articleटाँडी चोकको A2Z मोबाईल पसलको सटर फोडेर चोरी गर्नेलाई प्रहरीले समायो
Next articleसाथीले ग्यास्ट्रिकको औषधी भनेर पठाएको बट्टामा गाँजा भेटिएपछी लिएर कतार उड्न लागेका बुद्धिराज यसरी फसे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।