Home Uncategorized बालुवाको ढिस्कोले पुरिएर परदेशमै अस्ताए यम बहादुर र सुकुलाल

बालुवाको ढिस्कोले पुरिएर परदेशमै अस्ताए यम बहादुर र सुकुलाल

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका दुई नेपालीको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्को खस्दा त्यसमा पुरिएर दुई जना नेपाली कामदारको मृत्यु भएको हो । ढिस्काले पुरिएका अर्का एक नेपाली कामदार घाइते भएका छन् ।

झापा गोलधाप–१, यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशीको मृत्यु भएको छ । घटनामा घाइते भएका रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेलले घाइतेको उपचार भइरहेको फर्वानिया अस्पतालमा पुगेर घटनाको जनाकारी लिएको दूतावासले जनाएको छ ।

दूतवासले विज्ञप्ति जारी गर्दै नेपालीको मृत्युले स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ । कुवेतको फायर फाइटर ब्रिगेडले ढिस्को खस्दा शुरूमा तीनजना नै पुरिएको तर एक जनाको जिवितै उद्धार गरिएको बताइएको छ । चार घण्टाको प्रयासपछि उद्धार कार्य सकिएको बताइएको छ । स्थानीय प्रहरीले कार्यस्थलमा सुरक्षाको पर्याप्त व्यवस्था गरिएको वा नगरिएको बारे छानविन शुरू गरेको बताएको छ ।

घटनामा परी घाइते भएका सर्वजीत महराको अवस्था बारे बुझ्ने क्रममा नेपाली राजदूतावास, कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी तथा मिनिष्टर काउन्सेलर श्री प्रकाशमणि पाैडेल फर्वानिया अस्पतालमा ।

कुवेतमा रहेको नेपाली दुताबासको समवेदना संदेश 

मिति २०७८ भाद्र २३ गते बुधवार (८ सेप्टेम्वर २०२१) का दिन कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल-२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिदा गोलधाप-१, झापा निवासी श्री यम बहादुर कटुवाल (राहदानी नं.०८९४४२७२) तथा चकचकी-६, झापा निवासी श्री सुकलाल राजवंशी (राहदानी नं.०९१३२२८१) को दुखद निधन भएकोमा मर्माहत तथा स्तब्ध भएका छौं ।

सो घटनामा परी निधन हुनु भएका दुवैजनाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, सोही घटनामा घाइते भई उपचाररत रहनु भएका धनमुढा, मिझिंग(८, रोल्पा निवासी सर्वजीत महरा (राहदानी नं. ०७३७६२३३) को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । नेपाली राजदूतावास कुवेत ।मितिः २०७८।०५।२४ (९ सेप्टेम्वर २०२१)

https://ujyaalonepalnews.com/archives/15763

Previous articleगोल्डेन भिषालाई अब स्पोन्सर नचाहिने; भिषा लिने नियम पनि खुकुलो
Next articleदशैं मनाउन प्रसस्त पैसा लिएर आउंछु भनेका शेरबहादुर बाक्सामा प्याक भएर आए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।