युवा गायका न्यौपाने र सार्थकको ‘ कस्तो मन रैछ ‘ गीत सार्वजनिक (भिडियो)

नव गायका बिज्ञान न्यौपाने र रमेश सार्थकको आवाजमा एकल गीत ‘ कस्तो मन रैछ ‘ सार्वजनिक भएको छ । तीज सकिए लगतै ‘ कस्तो मन रैछ ‘ बोलको लोक गीत सार्वजनिक गरिएको हो । कृष्ण बस्यालको लय तथा संगीत रहेको उक्त गीतमा
चितवन खैरानी निवासी बिज्ञान न्यौपाने र बागलुङ निवासी रमेश सार्थकले आवाज भरेका छन् ।

सार्थक लोक दोहारी क्षेत्रमा राम्रो सम्भावना बोकेका कलाकार हुन् भने न्यौपानेको यो पहिलो गीत हो । गायक न्यौपानेका अनुसार उक्त गीतमा मार्फत संगीतकार बस्यालले प्रेम वियोगलाई उतारेका छन् । केटा केटी बीचको मन मुटाव रहेको उक्त गीतको भिडियो भने सामान्य बनाइएको छ ।

उक्त भिडियोलाई रमेश विक रसाइलीले खिचेको हुन् भने सम्पादन पनि उनी आफैले गरेका छन्। न्यौपाने र सार्थकको सामान्य अभिनय रहेको उक्त गीतको भिडियो कृष्ण बस्यालको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। त्यस्तै उनको बनकी चरी,सिमलैमा मैना जस्ता अरु चर्चित गीत पनि सार्वजनिक भएका छन् ।

https://ujyaalonepalnews.com/archives/15846

Previous articleसेतीको खोंचमा बेपत्ता पवित्राका साथी भन्छन्; ‘केटा मन नपरेको र घरमा धेरै दुःख छ भन्थी
Next articleरत्ननगर अस्पतालको अर्को फड्को; मृगौलाको सफल शल्यक्रिया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।