भरतपुर, चितवन । अर्किड स्कुल भरतपुरमा ‘जिल्ला स्तरीय स्क्र्याबल च्याम्पियनसीप २०२१’ सम्पन्न भएको छ। प्रत्येक विद्यालयबाट दुई जना प्रतिस्पर्धी सहभागी रहनुपर्ने प्रावधान अनुरूप एघार विद्यालयबाट बाइसजना विधार्थीहरू प्रतिस्पर्धामा सहभागी रहेका थिए। अर्किड, नारायणी नमुना, लोटस, विजय कोपरेटिभ, सिर्जना, स्काइराइडर, ओम शान्ति, मन शिक्षा, एड्भेन्चर, नारायणी पब्लिक र प्रेरणा स्कुलबाट सहभागिता रहेको थियो ।

प्रतिस्पर्धीहरू मध्येबाट उत्कृष्ट एक चौथाई (अंकको आधारमा) विधार्थीहरू आगामी २० नोभेम्बरमा हुने राष्ट्रिय स्क्याबल च्याम्पियनसीपमा सहभागी हुन्छन् ।जसमध्ये नारायणी पब्लिकका सन्दिप पौडेल, अर्किडका अनुष्ठान जोशी, नारायणी पब्लिकका हिमाल सुवेदी, नारायणी नमुनाका विजय भुषाल, सिर्जनाकी प्रकृति गुइडेल र अर्किडकी इच्छा के सी रहेका छैन्। अंकका आधारमा प्रतिस्पर्धीहरू मध्येबाट उत्कृष्ट पच्चीस प्रतिशत (एक चौथाइ) विधार्थीहरू राष्ट्रिय च्याम्पियनसीपका लागि छनौट भएका हुन्। प्रतिस्पर्धा चार राउण्डमा सम्पन्न भएको थियो । विजेता विधार्थीहरूलाई पदक तथा प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको थियो ।

स्क्र्याबल क्लब चितवनका जिल्ला संयोजक ओमराज मैनालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, अतिथिगणमा भरतपुर इङ्गलिस स्कुल्स सोसाइटीका अध्यक्ष इन्द्रेश शाह, स्क्र्याबल क्लब पोखराका सल्लाहकार हिरालाल अर्याल, ओम शान्ति एकेडेमीका प्राचार्य टेक ब. श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक हरि प्रसाद सापकोटा, उद्घोषक प्रतीक्षा श्रेष्ठ, स्क्र्याबल क्लब सदस्यहरू राधा लुँगेली, दीपा भट्टराई, राजेश अर्याल र आश्विन सापकोटाको उल्लेख्य भूमिका रहेको कारण ‘च्याम्पियनसीप’ सभ्य, भव्य र दिव्य बनाउन सफल रहेको जिल्ला संयोजक ओमराज मैनालीले बताउनुभयो । अर्किडका स्वयंसेवक विद्यार्थीहरुको समेत उल्लेख्य भूमिका रहेको थियो ।
हरेक वर्ष सेप्टेम्बरमा जिल्ला स्तरीय च्याम्पियनसीप र नोभेम्बरमा राष्ट्रिय च्याम्पियनसीप सञ्चालन हुने गर्दछ। ‘स्क्र्याबल’ अक्षरहरूको संयोजनमा शब्द निर्माण गरिने बौद्धिक खेल हो । नेपालका ४० जिल्लाका माध्यमिक विद्यालयहरुमा ‘स्क्र्याबल क्लब’ संगठित छ। विशेषतः विधार्थीहरूबीच खेलिने यो खेलले उनीहरूको शब्द ज्ञान वृद्धि गर्न सहयोग पुग्ने गर्दछ।
https://ujyaalonepalnews.com/archives/15955


