विदेशमा दाजुको कोठामा फूलपातीको दिन खानपान गर्न गएका धिरजको ५ औं तला बाट ख’सेर ज्यान गयो

फूलपातीको दिन खानपान गरेर सुतेका धिरजको ५ औं तला बाट ख’सेर मलेशियामा ज्यान गयो

क्वालालम्पुर- मलेशियामा फुलपातिकै दिन एक नेपाली कामदारको ज्यान गएको छ। राजधानी क्वालालम्पुर क्षेत्रको मुन्टकिरा स्थित कोरियन बिबिक्यु रेस्टुरेन्टमा कार्यरत धिरज राईको ज्यान गएको हो। संखुवासभा निबासी २७ बर्षे राई लामो समय देखि उक्त रेस्टुरेन्टमा कार्यरत थिए भने नेपालिहरुको चार्ड बडा दशैको अवसरमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका थिए। उनको मृ’त्यु पनि उतै भएको हो।

फुलपातिको अघिल्लो दिन दाजुको कोठामा खानपिन गरि रा’ती सवै सुतेका बेला उनिहरु बस्ने कन्डोमिनियमको ५ औ तला बाट खस्दा घट’ना स्थलमै प्राण त्या’गेको प्रारम्भिक अनुमान गरिएको छ। दशैको मौकामा अत्य’धिक म’दिरा सेवन गरि होस गु’माएकोले कन्डोमिनियमको तलाबाट ख’सेर उनको मृ’त्यु भएको बुझिएको छ।

खानपिन सकेर उनीहरु बस्ने कोठाकै छेउमा रहेको प्यासेजमा बसेर फोनमा कुरा गरीरहेको थियो भाई। सायद फोनमा बोल्दाबोल्दै निदाएर त्यहीबाट भुइमा ख’सेको हुनुपर्छ।”मृ’तकका ठुला बुवाका छोरा” संदेश राई ले भने। श’बलाई हाल क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ। सन्देशप्रवाह डटकम बाट

https://ujyaalonepalnews.com/archives/16146

Previous articleदसैँमा निजी विमानलाई भ्याई नभ्याई, निगमका जहाज घाम ताप्दै
Next articleराणा कालमा पाद्न पनि पाईन्थेन: यस्तो थियो पादेको स’जाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।