Home Uncategorized रत्ननगर १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना कार्यक्रम सुरु

रत्ननगर १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना कार्यक्रम सुरु

निराजन घिमिरे, असोज ९, चितवन । रत्ननगर नगरपालिका वडा नं.  १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना तथा  पाठेघरको मुखको क्यान्सर सम्वन्धी प्रशिक्षण तथा परिक्षण कार्यक्रम सुरु भएको छ । तिन दिन सम्म हुने कार्यकमको आज मंगलबार रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्धघाटन गर्नु भएको छ । रत्ननगर १५ मा भर्खरै मात्र स्थापना गरिएको आधारभुत स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रम सरु भएको हो । कार्यक्रमको पहिलो चरण अन्तर्गत आज मंगलबार सर्ने र नसर्ने रोगका विषयमा विभिन्न टोल प्रतिनिधिका विच सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आधारभुत स्वास्थ्य केन्द्र १५ की प्रमुख रोजिना गिरिले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको दोश्रो चरण अन्तर्गत यहि कार्तिक  १० र ११ गते पाठेघरको मुखको क्यान्सर सम्वन्धी प्रशिक्षण तथा परिक्षण कार्यक्रम सम्पन्न हुने उद्घाटन समारोहका सभापती तथा कार्यक्रम संयोजक दिपक लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख नारायण वनले मानिसको सबैभन्दा ठुलो धन स्वास्थ्य भएकोले स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गर्नुभयो । स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मी र स्थानीय सरकारको पहलले नपुग्ने बताउंदै नगर प्रमुख वनले स्थानीय जनता आफै सचेत हुन जरुरी रहेको औल्याउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर १५ का वडाध्यक्ष हुमनाथ लामिछानेले आफ्नो मन्तव्य राख्दै आफुले वडाध्यक्ष बनेको दिन देखि नै स्वास्थ्य र शिक्षाको क्षेत्रमा विशेष ध्यान दिएर काम गरेको उल्लेख गर्नुभयो । वडावासीको सुविधाको लागी भर्खरै मात्र स्वास्थ्यकेन्द्र स्थापना गरेर संचालनमा ल्याएको बताउंदै लामिछानेले स्थानीय सरकारले दिएको सुविधाको भरपुर उपभोग गर्न आग्रह गर्नुभयो । शौचालयको प्रयोगमा जोड दिदैं लामिछानेले शौचालय बनाउन नसक्ने स्थानीयलाई वडाले सहयोग गर्ने र भर्खरै मात्र वडाकै पहलमा १५ सुकुम्बासी घर परिवारलाई शौचालय निर्माणमा सहयोग गरिएको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा वडा नं. १५ मा रहेका विभिन्न विद्धालय र वडा कार्यालयलाई प्राथमिक उपचार बाकस वितरण गरिएको थियो । तिन दिन सम्म चल्ने कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेल , बकुलहर रत्ननगर अस्पतालका फिजिसियन डाक्टर आशिस न्यौपाने , पिठुवा स्वास्थ्य चौकीका प्रमुख विदुर वस्ताकोटी र आधारभुत स्वास्थ्य केन्द्र  १५ की प्रमुख रोजिना गिरिले सहजिकरण गर्नुहुनेछ । कार्यक्रममा पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष आशिक तामांग,रत्ननगर १५ का वडा सदस्यहरु, वडा स्तरिय राजनैतिक दलका प्रतिनिधि ,विधालयका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ! कार्यक्रम स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष मदन भुजेलले संचालन गरेका थिए।

https://ujyaalonepalnews.com/archives/16198

Previous articleपिठुवा डेरीमा १ करोडको परियोजना, आफ्नै ब्रान्डमा दुधदहि पनिर घ्यु बनाउने
Next articleतिन वर्ष देखि बन्द रहेको मलेशिया खुल्यो; नेपाली कामदार जान पाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।