![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/news-ad.jpg)
नेपाल सरकारले रियादको मुटुमा ७.२ रोपनी जग्गा किन्दै, दुई सरकार बीच भयो सम्झौता
उज्यालो नेपाल. कार्तिक ९- नेपाल सरकारले साउदीको राजधानी रियादको मुटुमा सात रोपनी जग्गा खरिद गर्ने भएको छ । साउदीमा जग्गा व्यवस्थापन गर्ने शाही आयोग (रोयल कमिसन फर रोयल सिटी) ले राजधानी रियादमा आठ किलोमिटरमा फैलिएको कूटनीतिक क्षेत्रभित्र जग्गा दिने सहमति यस अघि नै गरेको थियो । यो क्षेत्रमा विभिन्न देशका ७५ दुताबास रहेका छन् । नेपाली नियोगका लागि ३ हजार ६ सय ६४ वर्गमिटर (७.२ रोपनी) को क्षेत्रफल छुट्याइएको छ ।
‘साउदी सरकारले अन्य देशलाई बेचेकै मूल्यमा नेपाललाई पनि जग्गा उपलब्ध गराउनेछ ।’ रोयल कमिसन फर रोयल सिटीले जग्गा खरिद गरेको ५ वर्षभित्र दूतावासको निर्माण सम्पन्न गर्नुपर्ने सर्त राखेको छ । खाडी क्षेत्रका मुलुकमध्ये सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना भएको थियो ।
राजधानी रियादमा सन् १९८४ देखि दूतावास भाडाको भवनमा छ । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो । जेद्दामा हाल महावाणिज्य दूतको कार्यालय छ । साउदीमा ३ लाख २५ हजार नेपाली कार्यरत छन्। यस विषयमा नेपाली दुताबासले एक सुचाना जारी गरि जानकारी गराएको हो ।
प्रेस विज्ञप्ति
विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्देजाने नेपाल सरकारको
घोषित नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली राजदूतावासको चान्सरी भवन तथा राजदूत
निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रकृया सम्पन्न भयो ।
जग्गा खरिदसम्बन्धी उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट यस राजदूतावासका कार्यवाहक राजदूत
श्री दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट रोयल कमिसन फर रोयल सिटीका प्रमुख कार्यकारी अधिकृत फाहद अब्दुल मोहसेन अल-रसिदले हस्ताक्षर गर्नुभयो । दुई देशका सरकारबीच खरिद-बिक्री सम्झौता भएको उक्त जग्गाको कूल क्षेत्रफल ३,६६४ वर्ग मिटर रहेको छ। नेपाली राजदूतावास, रियाद । ०९ कार्तिक २०७८
https://www.ujyaalonepalnews.com/archives/16210
![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/सक्षम-र-सवल-प्रदेशसुनिश्चित-अधिकार-अनलाईनका-लागि900x100-1.gif)