नेपाल एअरलाइन्स चढेर काठमाडौँ झरेका दुई युवकले पेन्टी भित्र सुन लु’काएर ल्याएपछि…

३ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सको जहाजमार्फत शुक्रबार बिहान ९ : ४५ बजे सिराहाका सरोज शहनी र दाङका सीताराम चौधरी यूएईबाट काठमाडौं आर्लिए । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट निस्किँदै गर्दा उनीहरुको हिँडाइ अस्वभाविक देखियो । ‘त्यसै त दूबईबाट आउने भनेपछि सबैमाथि शं’का हुन्छ’ विमानस्थलमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसमाथि हिँडाइ शं’कास्पद लागेपछि बोलाएर सोधपुछ गर्दा बोली नै लरबराएको थियो ।’

ती अधिकृतका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर आउनेलाई त’स्कर समूहले म’लद्वारमा लुका’एर पनि सुन ओसारपसारमा प्रयोग गरेका थुप्रै घ’टना छन् । त्यसैले प्रहरीले उनीहरुमाथि केरकार गरिरहेको थियो । ‘दुई जनाको पछाडिपट्टी पोका जस्तो देखिएपछि शौ’चालयमा ल्याएर जाँच गर्‍यौं’ उनी भन्छन्, ‘सुरुमा भित्री वस्त्रमा पहेँलो गिलो कुरा देख्दा हेर्न पनि अफ्ठ्या’रो भयो, तर दुवै जनासँग उस्तै चिज देख्दा सुनको आशं’का भइहाल्यो ।’

लगत्तै नियन्त्रणमा लिएर परीक्षणका लागि भन्सार कार्यालय पठाइएको थियो । त्यसक्रममा बरामद धातुको ९८ प्रतिशत सुन भएको पुष्टि भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला बताउँछन् । उनका अनुसार बाँकी रहेको थोरै वस्तु चाहिँ सुन पगाल्न प्रयोग भएको ‘सल्फर’ नामक केमिकल हो ।

हालसम्मको अनुसन्धानले उनीहरु सुन ल्याउन प्रयोग भएको भरिया मात्र हुनसक्ने देखाउँछ । ‘ल्याउने जिम्मा मात्र दिइएको जस्तो देखिन्छ, कसले रिसिभ गर्ने हो खुलेको छैन’ बाँस्तोलाले भने, ‘त्यही पनि अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीका अनुसार पक्राउ पर्ने दुवैजना एक महीनाअघि मात्र युएई गएका हुन्, त्यसैले उनीहरुलाई सुन ओसार्ने प्रयोजनकै लागि मात्र पठाएको पनि हुनसक्ने आशंका गरिएको छ । विस्तृत अनुसन्धान जारी छ । अनलाईन खबर बाट 

https://ujyaalonepalnews.com/archives/16396

Previous article११ वर्ष अघि मलेशियामा पुगेका लालबहादुर उतै हराए; आँसुमा डुब्यो परिवार
Next articleफेरि शुरु भयो इराक पठाउने धन्दा : मानव तस्करको चंगुलमा फस्दै नेपाली युवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।