युएई बाट डेडलाख पठाएका दाहालले पाए साढे १२ लाख पुरस्कार

काठमाडौँ- आइएमईले दसैं, तिहार र छठलाई लक्षित गरेर ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन् ।

दोलखाको वैतेश्वर गाउँपालिका मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत एक लाख ५६ हजार ५५८ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरेका छन् । वम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए ।

उनका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् । कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । उनले भने, ‘आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको छ ।’

गत असोज गते १ देखि कात्तिक २६ सम्म ५७ दिनका लागि कायम रहेको उक्त अफरअन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएका छन् । यसका साथै आइएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा २ सय तत्काल बोनसको व्यवस्थाअन्तर्गत हजारौँ सेवाग्राहीहरू यसबाट लाभान्वित भएका छन् ।

https://ujyaalonepalnews.com/archives/16402

Previous articleफेरि शुरु भयो इराक पठाउने धन्दा : मानव तस्करको चंगुलमा फस्दै नेपाली युवा
Next articleनयाँ उडान तालिका सार्वजनिक; कुन देशमा कुन एअरलाइन्सको कति उडान ? पुरा विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।