एमाले १०औँ महाधिवेशन: पोखराका जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

0
52

चितवन । पोखराका जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । बास्तोलाले आज सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गर्नुभएको हो ।

माछापुच्छ्रे गाउँ पालिकाको निबर्तमान गाउँ कमिटी अध्यक्ष एंब नेकपा एमाले कास्कीका जिल्ला सचिवालय सदस्य समेत रहनुभएका बास्तोला विगत २५ वर्षदेखि जिल्ला कमिटीमा रही काम गर्दै आउनुभएको छ । वि.सं. २०२३ सालमा कास्कीको ल्वाङघलेल – १ मा जन्मनुभएका बास्तोलाले २०३७ सालदेखि स्कुले जीवन र कलेजको विद्यार्थीकालमा अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आउनुभएको थियो ।

बास्तोलाले विभिन्न निर्वाचनहरूमा नेकपा एमाले पार्टी र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण जिम्मेवारीमा रही काम समेत गर्नुभएको थियो । निर्वाचनका क्रममा माछापुच्छ«े गाउँपालिकाको संयोजक रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो । वि.सं. २०५४ सालमा तत्कालिन ल्वाङघलेल गाविसको पार्टी उपाध्यक्ष समेत रहनुभएका बास्तोलाले २०४८ र २०५१ सालको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिनुभएको थियो ।

सो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताहरूसँगको झडपमा उहाँ घाइते समेत हुनुभएको थियो । देशमा राजाको कु पछि २०५८–५९ मा उहाँलाई नेपाली सेनाले पोखराको पृथ्वी चोकबाट पक्राउ गरी यातना समेत दिइएको थियो । सख्त घाइते हुनुभएका बास्तोलाको तत्कालिन समयमा पोखराकै मेट्रोसिटी अस्पतालमा लामो समयको उपचारपछि घर फर्कनुभएको थियो । उहाँलाई तत्कालिन समयमा नेकपा एमालेका नेता केपी ओलीले भेट गर्न अस्पताल तथा घरमा समेत पुग्नुभएको थियो ।

विद्यार्थी जीवनदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको बताउँदै बास्तोलाले आफूलाई गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा विजयी गराउन उहाँले सबैसँग आग्रह समेत गनु गर्नुभएको छ ।

https://www.ujyaalonepalnews.com/archives/16435

Previous articleकतारको दोहा विमानस्थलमा महिलाहरुलाई नि’र्वस्त्र बनाएर चेकजाँच गरेपछि …
Next articleयुएईमा साईबर अप’राध, फेक न्युज सम्बन्धी नयाँ कानुन: जनवरी २०२२ देखि लागु हुने