मलेशिया: तलब नदिएको भन्दै कम्पनीमा हड्ताल गर्ने ५ नेपालीलाई कम्पनीले जबरजस्ती नेपाल फर्कायो

मलेशिया: तलब नदिएको भन्दै कम्पनीमा हड्ताल गर्ने ५ नेपालीलाई कम्पनीले जबरजस्ती नेपाल फर्कायो

काठमाडौ- मलेशियाको एक कम्पनीमा कार्यरत करिब आधा दर्जन बढी नेपाली सहित बाङ्लादेशी कामदार लाई कम्पनीले जबर्जस्ति स्वदेश फर्काई रहेको जानकारी प्राप्त भएको छ। वगत महिना एनएसएल एस्टर्न प्रोटेच एस.डि.एन बि.एच.डी कम्पनीले को’भि’ड-१९ को समस्या देखाउदै न्युनतम तलब काटेपछि करिब २०० नेपालि श्रमिकहरु आम हडतालमा उत्रीएका थिए।

आम हडताल पछि नेपाली राजदुताबासको समन्वयमा श्रमिकहरु काममा फर्किएका थिए। तर पुनः सम्झौता बिरुद्ध तलब काटेपछि उनिहरु कम्पनीका प्रतिनिधि विरुद्ध उत्रिए पछि कम्पनी र कामदार बिच बिवाद सुरु भएको थियो। कम्पनीमै कार्यरत नेपाली र बङ्गाली लाई कम्पनीले केहिदिन अघि मात्रै स्वदेश फर्काई दिएपछि रहस्य खुलेको हो। ५ नेपाली सहित बाङ्लादेशका २ नागरिक लाई कम्पनी बिरुद्ध आन्दोलन गर्न उक्साहट गरेको आरोपमा स्वदेश फर्काइएको छ।

नेपाल फर्काईएकाहरुमा चिरञ्जीवी नेपाल,नगेन्द्र चौधरी,राम कुमार खत्री,सुदिप सुबेदि रहेका छन। भने एक जनाको अवस्था अज्ञात रहेको बुझिएको छ। खत्रीको भने को’भिड-१९ सङ्क्र’म्ण देखिएकोले मलेसियामै छोडिएका छन।

समाचार श्रोतका अनुसार ३ नेपाली ८ बर्ष यता उक्त कम्पनीमा कार्यरत थिए। आफुहरुले पाउनु पर्ने हिसाब नदेखाई तलब बाटै टिकट खरिद गरि नेपाल फर्काइएको छ। यद्यपि सम्झौता अनुसार रोजगारदाताले ३ बर्षे करार अवधी सके पश्चात् टिकट उपलब्ध गराउनुपर्ने प्रावधान छ। संदेसप्रबाह बाट

https://ujyaalonepalnews.com/archives/16510

Previous articleसाउदी र युएईमा पनि देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन
Next articleनेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन हुने: कामदारको सेवासुविधा बढ्न सक्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।