Home Uncategorized साउदी अरब : सम्पूर्ण नागरिक र विदेशी कामदारले भ्याक्सिनको बुस्टर डोज लगाउनु...

साउदी अरब : सम्पूर्ण नागरिक र विदेशी कामदारले भ्याक्सिनको बुस्टर डोज लगाउनु पर्ने

रियाद। साउदी अरबका सम्पूर्ण नागरिक तथा यहाँ बसोबास गर्ने अन्य देशका बासिन्दाले अनिवार्य को’भिड–१९ खोपको बुस्टर डोज लगाउनुपर्ने भएको छ। साउदी अरबको आन्तरिक मन्त्रालय स्रोतले १ फेब्रुअरी, २०२२ देखि लागू हुने गरी सम्पूर्ण साउदी अरबस्थित बासिन्दा एवं नागरिकहरूलाई को’भिड–१९ खोपको बुस्टर डोज अनिवार्य लगाउन भनेएको छ।

साउदी अरबमा को’भिड–१९ को नयाँ ‘ओमिक्रोन’ भेरियन्ट फेला परेपछि बुस्टर डोज अनिवार्य गरिएको हो। मानिसहरूको प्रतिरक्षा प्रणालीको बैधतालाई सुनिश्चित गर्नको लागि र ‘त्वाक्कलना एप’ मा पूर्णरूपमा खोप प्राप्त गरेको ‘स्टाटस’ को लागि खोपको बुस्टर डोज अनिवार्य हुने भएको छ।

स्रोतले दिएको जानकारी अनुसार को’भिडविरुद्धको खोपको दोस्रो मात्रा लगाएको आठ महिनापछि बुस्टर डोज अनिवार्य लगाउनु पर्ने भएको छ। १८ वर्ष वा सोभन्दा माथिका सम्पूर्ण वयस्क व्यक्तिहरूले अनिवार्य सो नियमको पालना गर्नुपर्नेछ। सो सँगै साउदी अरबमा हुने सम्पूर्ण खालका आर्थिक, ब्यावसायिक, सांस्कृतिक, खेलकुद वा पर्यटनसम्बन्धी क्रियाकलापमा भाग लिनको लागि उनीहरूको एपमा पूर्णखोप प्राप्त ‘स्टाटस’ देखिनु पर्नेछ।

त्यसैगरी कुनै पनि सांस्कृतिक, वैज्ञानिक, सामाजिक, मनोरञ्जनात्मक कार्यक्रमका साथै सरकारी वा निजी संस्थानमा भाग लिँदा पनि पूर्णरूपमा बुस्टर डोज सहितको खोप प्राप्त गरेको हुनुपर्नेछ। सार्वजनिक यातायात वा हवाई यात्रा गर्दापनि अनिवार्य बुष्टर डोज प्राप्त गरेको सुनिश्चित हुनुपर्ने छ।

तर, एपमा अपवाद भनी सूचीकृत व्यक्तिलाई भने बुस्टर डोज सम्बन्धी नियम लागू नहुने बताइएको छ। सो सन्दर्भमा सम्पूर्ण नागरिक एवं बासिन्दालाई को’भिड सम्बन्धी स्वास्थ्य मापदण्डको पालना गर्दै रोकथामका उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । प्रबास खबर बाट

 

https://ujyaalonepalnews.com/archives/16531

Previous articleविदेशबाट फर्किएका नेपालीबाट ४ दिनमै विमानस्थलमा खोसियो ५६ किलो सुन
Next articleकतार: सामान्य झ’गडामा आफ्नै रूम पार्टनरले गरे ओमबहादुरको ह’त्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।