वकिलहरुलाई ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा मेरा विरूद्ध ५६ हजार सिग्नेचर गरे’

वकिलहरुलाई ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा मेरा विरूद्ध ५६ हजार सिग्नेचर गरे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् । आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकालमा ५६ हजार हस्ताक्षर गरेको सुनाए । ‘म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले अदालतमा वादी प्रतिवादी मुद्दामा ५६ हजार सिग्नेचर गर्नुपर्‍यो ।

यो समयको बर्बादी होइन ? कसैलाई लाग्छ मुद्दा हालिदिने ?’ उनले कानुन व्यवसायीलाई प्रश्न गरे । सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्रीले सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले यो प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए ।

‘न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?’ उनले आक्रोश पोखे । उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।

https://ujyaalonepalnews.com/archives/16636

Previous articleदुबई उड्न प्लेन चढेका ७६ जनालाई विमान बाट झारेर घर पठाईयो
Next articleयसकारण बढ्दो छ पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।