युएईमा अब शुक्रबार हाफ डे, शनिबार र आईतबार बिदा

उज्यालो नेपाल, ०७ डिसेम्बर- युनाइटेड अरब इमिरेट्स (यूएई) ले आफ्नो देशमा हाल कायम रहेको कार्यालय समयमा केहि हेरफेर गर्ने भएको छ । यूएईले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताईएको छ । जुन विश्वमै सबैभन्दा कम कार्य समय हो । युएईमा अब हप्तामा साँढे चार दिन मात्र काम गरे पुग्नेछ । यस अघि युएईमा शुक्रबार र शनिबार सार्वजनिक विदा दिंदै आईएको थियो ।

तर यो नियम सरकारी कार्यालय र निजि कम्पनीका ठुला कार्यालयहरुमा मात्र लागु थियो । सामान्य कामदारले हप्तामा एकदिन मात्र बिदा पाउँदै आएका छन् । यस अघि केहि कम्पनीहरुले विहिवार हाफ डे दिएर शुक्रबार बिदा दिने पनि गरेका थिए । आगामी वर्षको जनवरी देखि यूएईले यो व्यवस्थालाई लागु गर्न लागेको हो। नयाँ नियम लागु भए संगै युएई संसारमै धेरै बिदा दिने देशमा पर्नेछ ।  विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ ।

नयाँ नियम अनुसार सोमबारदेखि बिहीबारसम्म बिहान ७ बजेर ३० मिनेट देखि दिउँसो साढे ३ बजे बजे सम्म कार्यालय समय रहने छ । त्यस्तै शुक्रबार भने साढे ७ बजे देखि १२ बजे सम्म कार्यालय समय रहनेछ । मोरक्को, टर्की, मलेसिया र इन्डोनेसिया जस्ता अरब र मुस्लिम राष्ट्रहरू सहित विश्वभरका अधिकांश देशहरूमा शनिबार-आइतबार बिदा दिने प्रचलन रहेको भन्दै युएईले शुक्रबार काममा लगाउने आफु मात्र एक्लो देश नभएको बताएको छ ।

शुक्रबार दिउँसोको नमाज भन्दा पहिलेनै अफिस टाईम सकिने हुनाले नयाँ नियम मुस्लिम स’रिया कानुनको खि’लाफ नहुने बताईएको छ। यस अघिपनि विभिन्न समयमा युएईमा बिदाको दिनहरु परिवर्तन गरिएको थियो । सन् १९७१ देखि १९९९ सम्म शुक्रबारलाई विदाको दिन मानिन्थ्यो । त्यस्तै १९९९ देखि २००६ सम्म विहिबारलाई बिदाको दिन मानिन्थ्यो । फेरी २००६ मा त्यो नियम परिवर्तन भएर शुक्रबार र शनिबारलाई बिदाको दिन मान्ने गरिएको थियो  । अब यो नियम २०२१ को अन्तिममा आएर पुन: परिवर्तन भएको छ ।

यो नियम युएइको सरकारी कार्यालयको साथै विद्धालय, कलेज, विश्वविद्धालयका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा समेत लागुहुने बताईएको छ । तर युएई मै रहेका विभिन्न पब्लिक कम्पनी र निजि कम्पनीहरुमा यो नियम लागु हुन्छ या हुँदैन भन्नेमा अझै केहि खुलिसकेको छैन । उता दुबई सरकारले भने आफ्नो प्रान्तमा रहेका पब्लिक कम्पनीहरुमा पनि यो नियम लागुहुने बताएको छ ।

 

 

https://ujyaalonepalnews.com/archives/16653

Previous articleखैरहनी पर्सामा ग्लोबल ट्याक्स सोलुसन सञ्चालनमा, फर्म दर्ता अडिट लगायत सम्पूर्ण सेवा पाईने
Next articleगैंडाकोटको अक्फोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।