ईलिगल कामदारलाई काममा लगाए कडा कारबाही गर्ने साउदी सरकारको घोषणा

0
53

ईलिगल कामदारलाई काममा लगाए कडा कारबाही गर्ने साउदी सरकारको घोषणा

साउदी अरवले अवैधानिक रुपमा बसेका कुनै विदेशी श्रमिकलाई रोजगारीमा लगाएमा त्यस्ता रोजगारदातालाई भारी आर्थिक जरिवाना र थप विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरेको छ । साउदी अरवका सरकारी अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चार मध्यमहरुले त्यस्ता रोजगारदाताहरुलाई १ लाख रियालसम्म जरिवाना र ५ बर्षसम्म विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरिएको जनाएका छन् ।

साउदी अरवको राहदानी विभाग (जवाजत) ले मुख्य रोजगारदाताले वाहेक अन्य रोजगारदाताले कुनै विदेशी श्रमिकलाई अनधिकृत रुपमा रोजगारीमा लगाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो । यसैगरी त्यसरी विदेशी श्रमिकलाई रोजगारीमा लगाउने रोजगारदाताको नामावली निजकै खर्चमा स्थानीय सञ्चार माध्यमहरुमा समेत प्रकाशित गरिने जवाजतले बताएको समाचारमा उल्लेख छ ।

यसैगरी कुनै विदेशी श्रमिकलाई अवैधानिक रुपमा रोजगारीमा राखेमा त्यस्ता व्यवस्थापकलाई एक बर्षसम्मको जेल सजाय समेत तोकिएको छ । जेल सजाय पश्चात त्यस्ता व्यवस्थापक विदेशी भएमा निजलाई स्वदेश फर्काइने जनाइएको छ ।

जवाजतले कुनै रोजगारदाताले दोहोर्याएर सोही प्रकृतिको गलत कार्य गरेमा जरिवाना दोव्वर हुनेछ । साउदी अरवमा सन् २०१७ यता ५६ लाख व्यक्तिले त्यहाँको बसोवास सम्वन्धि कानुन उल्लंघन गरेको समाचारमा जनाइएको छ ।

https://www.ujyaalonepalnews.com/archives/16694

Previous articleओमिक्रोन प्रभाव: मलेशिया बाट ३४ नेपाली फर्किए २ जना जापानको लागी उडे
Next articleविदेशमा काम गर्दा बुढी औंला टु’क्रियो, अलग्गै औंला बोकेर जोड्नका लागि स्वदेश आए सन्दिप