Home Uncategorized ईलिगल कामदारलाई काममा लगाए कडा कारबाही गर्ने साउदी सरकारको घोषणा

ईलिगल कामदारलाई काममा लगाए कडा कारबाही गर्ने साउदी सरकारको घोषणा

ईलिगल कामदारलाई काममा लगाए कडा कारबाही गर्ने साउदी सरकारको घोषणा

साउदी अरवले अवैधानिक रुपमा बसेका कुनै विदेशी श्रमिकलाई रोजगारीमा लगाएमा त्यस्ता रोजगारदातालाई भारी आर्थिक जरिवाना र थप विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरेको छ । साउदी अरवका सरकारी अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चार मध्यमहरुले त्यस्ता रोजगारदाताहरुलाई १ लाख रियालसम्म जरिवाना र ५ बर्षसम्म विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरिएको जनाएका छन् ।

साउदी अरवको राहदानी विभाग (जवाजत) ले मुख्य रोजगारदाताले वाहेक अन्य रोजगारदाताले कुनै विदेशी श्रमिकलाई अनधिकृत रुपमा रोजगारीमा लगाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो । यसैगरी त्यसरी विदेशी श्रमिकलाई रोजगारीमा लगाउने रोजगारदाताको नामावली निजकै खर्चमा स्थानीय सञ्चार माध्यमहरुमा समेत प्रकाशित गरिने जवाजतले बताएको समाचारमा उल्लेख छ ।

यसैगरी कुनै विदेशी श्रमिकलाई अवैधानिक रुपमा रोजगारीमा राखेमा त्यस्ता व्यवस्थापकलाई एक बर्षसम्मको जेल सजाय समेत तोकिएको छ । जेल सजाय पश्चात त्यस्ता व्यवस्थापक विदेशी भएमा निजलाई स्वदेश फर्काइने जनाइएको छ ।

जवाजतले कुनै रोजगारदाताले दोहोर्याएर सोही प्रकृतिको गलत कार्य गरेमा जरिवाना दोव्वर हुनेछ । साउदी अरवमा सन् २०१७ यता ५६ लाख व्यक्तिले त्यहाँको बसोवास सम्वन्धि कानुन उल्लंघन गरेको समाचारमा जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/16694

Previous article‘गोर्खालीमाझ हुर्किएका रावत नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे’
Next articleहिजोको नीति र योजनाले अहिले अर्थतन्त्र बिग्रियो: मन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।