यी हुन् ७ प्रदेशमा एमालेका इन्चार्ज

काठमाडौँ — नेकपा (एमाले)ले प्रदेश कमिटी ईन्चार्जको नामावली टुंग्याएको छ । भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको ईन्चार्ज तय गरेको हो । महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को ईन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मती प्रदेशको ईन्चार्ज काशीनाथ अधिकारी, गण्डकी प्रदेशको ईन्चार्जमा पद्मा अर्याल, लुम्बिनी ईन्चार्जमा छविलाल विश्वकर्मा, कर्णाली ईन्चार्ज यामलाल कँडेल, सुदूरश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट रहेका छन् ।

यस्तै एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई दिइएको छ । युवा संघको ईन्चार्ज महेश बस्नेत भएका छन् । उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग प्रमुख र खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाउने निर्णय पनि बैठकले गरेको महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार प्रदेश पदाधिकारी र केन्द्रीय नेताहरुको कार्यविभाजन पनि बैठकले गरेको छ ।

एमालेले गठन गर्‍यो ४५ सदस्यीय स्थायी कमिटी

नेकपा (एमाले)ले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा जारी रहेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको गठन गरेको हो । जसमा घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी रहेका छन् ।

त्यसैगरी रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ र हिक्मत कार्की रहेका छन् । एमालेको विधानमा १९ सदस्यीय पदाधिकारीसहित ४५ सदस्यीय हुने छ । त्यसैगरी विभिन्न केन्द्रीय निकायमा प्रमुखहरु स्थायी कमिटीका पदेन सदस्य हुन्छन् ।

https://ujyaalonepalnews.com/archives/16753

Previous articleविदेशमा काम गर्दागर्दै ढलेका विक्रमलाई साथीभाईले उद्दार गरेर नेपाल फर्काए
Next articleयुएईमा परिबन्दमा परेका दुई नेपाली, आफ्नै साथी बचाउन खोज्दा १४ करोडको मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।