रोहतो मेन्थोलाटम नेपाल प्राइभेट लिमिटेडले चितवनको भरतपुरमा रिटेलर्स भेटघाट कार्यक्रमको आयोजना गरेको छ। छाला सौन्दर्य सम्बन्धि सामग्रीको बिक्रीवितरण गर्दै आएको सो संस्थाले बजार बिस्तार र प्रवर्द्धनको लागि चितवन, नवलपरासी क्षेत्रमा रहेका मुख्य वितरक लगायत विभिन्न बिक्रेताहरु बीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो।
ओसाका, जापान मा रहेको सो कम्पनीको उत्पादन नेपालमा रहेका सौन्दर्य ब्यबसायी एवम् पारखीहरुको माझमा लोकप्रिय रहेको छ।
करिब ११० वटा रिटेलर्सका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा कम्पनीका नेशनल सेल्स मेनेजर सुमन दासले स्वागत मन्तव्य ब्यक्त गरेका थिए।
प्रोडक्ट सम्बन्धि प्रस्तुति सिनियर सेल्स इक्ज्युकेटिभ दिपा भुजेलले दिएकी थिइन भने आमन्त्रित महानुभावहरुलाई कम्पनीका सिनियर सेल्स अफिसर रामसिंह पटेलले खादा ओढाई सम्मान सहित उपहार प्रदान गरेका थिए। कार्यक्रम चितवन कि चर्चित संचारकर्मी करिश्मा थापाले सञ्चालन गरेकी थिईन।
सिमलताल दुर्घटना : यात्रुको अवस्था अझै अज्ञात, बिहानैदेखि खोजी सुरु


