भरतपुरको ग्रीनल्याण्ड स्कूलमा समाचार वाचन प्रतियोगिता सम्पन्न ।

९ पौष, चितवन । पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले भरतपुर१२, चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले समाचार वाचन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ।

रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झै नेपाली अनि अङ्ग्रेजी भाषामा २८ जना विद्यार्थीहरुले समाचार वाचन गरेका थिए। विद्यालयकि अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा पन्तको संयोजकत्वमा आयोजित सो प्रतियोगितामा सञ्चारकर्मीद्वय मनोज पन्त र करिश्मा थापा निर्णायकको भूमिकामा रहेका थिए।

सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने छात्रा बिदुषी कार्कीले सन्चालन गरेको उक्त प्रतियोगितामा प्रिया सिलवाल प्रथम, नबिना सिलवाल दोस्रो, सगुन सिग्देल तृतीय र मनिषा थापा सान्त्वना भएका थिए। बिजेता विद्यार्थीहरुलाई विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले ट्रफी, मेडल अनि प्रमाणपत्र प्रदान गरेकी थिईन।

https://ujyaalonepalnews.com/archives/16886

Previous articleआफ्नै श्रीमतीलाई कुटीकुटी मार्ने चितवनका साजन प्रहरी नियन्त्रणमा
Next articleकाँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकका चार निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।