दुबईमा अब झ्यालमा र बार्दलीमा लुगा सुकाउन नपाईने; १५०० दिराम सम्म जरिवाना हुने

काठमाडौं। दुबइ नगरपालिकाले केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ । यतिमात्र होइन दुबइमा आफ्नै बाल्कोनीमा बसेर चुरोट खाँदा त्यसको खरानी तल खस्यो भने पनि जरिवाना तिर्नुपर्नेछ ।

नगरपालिकाले सहरलाई अझै सफा र सुन्दर राख्नको लागि यस्ता नियम लागू गरिएको बताएको छ । दुबइ नगरपालिकाले त्यहाँ बस्ने सबैलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको ‘दुरु’पयोग’ नगर्न भनेको छ । नगरपालिकाले सामाजिक संजालमार्फत बासिन्दाहरुलाई आफ्नो बाल्कोनी भद्दा देखिने कुनै काम नगर्न सूचित गरेको छ । नगरपालिकाले ट्वीटमा लेखेको छ ‘पर्यावरणको आवश्यकता र मानकबारे समुदायको जागरुकता बढाउनको लागि दुबइ नगरपालिका सबै युएइ निवासीहरुसँग सहरको सौन्दर्य र स्वरुप बिगार्नबाट बच्न आग्रह गर्छ ।’

नगरपालिकाले बाल्कोनीको दुरु’पयोग मानिने कामहरुबारे पनि बताएको छ । जसअनुसार बाल्कोनी वा झ्यालमा कपडा सुकाउनु, चु’रोटको ठुटो वा खरानी बाल्कोनीबाट तल खसाल्नु, बाल्कोनीबाट तल फोहर फ्याँक्नु, बाल्कोनी पखाल्दा पानी तल खस्नु वा एसीको पानी तल खस्नु, बाल्कोनीमा चरालाई चारो खुवाउनु पनि गैरकानुनी हुनेछ किनकि चराले बाल्कोनी फोहर पार्छन् र बाल्कोनीमा स्याटेलाइट डिश वा कुनै पनि किसिमको उन्टेना जडान गर्दा पनि जरिवाना लाग्नेछ ।

यदि कसैले नगरपालिकाको नयाँ नियमको उल्लंघन गरेमा ५०० देखि १५०० दिराम (१६ हजारदेखि ४८ हजार रुपैयाँसम्म) जरिवाना तिर्नुपर्नेछ । २०१८ मा खाडी देश कुवेतले पनि आफ्ना नागरिकहरुको लागि यस्तै नियम बनाएको थियो । गत वर्ष बहराइनको दक्षिणी राज्यले पनि यस्तै किसिमको प्रतिबन्ध लगाएको थियो जब केही निवासीले भित्री वस्त्र बाल्कोनीमा सुकाउनु उत्ते’जक, अप’मानजनक र लज्जा’जनक हुने गुनासो गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/17066

Previous articleदुनाटपरी व्यवसायले थारु समुदायको दैनिकी फेरिदै
Next articleप्रथम राप्ती क्रिकेट च्याम्पियनसीपको उद्घाटन खेलमा वडा नम्बर ५ विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।