राप्तीका १८० जना विद्यार्थीहरुले पाए न्यानो कपडा

0
49

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १० र ११ का विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले न्यानो कपडा पाएका छन्। राप्ती-१० को राष्ट्रिय माध्यमिक विद्यालय स्वामिटार र राप्ती-११ राष्ट्रिय आधारभूत विद्यालय सुरखण्डीका १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले न्यानो कपडा स्वरुप स्वीटर प्राप्त गरेका हुन्।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विश्वशान्त लामाको पहलमा स्वीटर वितरण गरिएको हो। स्वामिटारका अति विपन्न ९० र सुरखण्डीका ९० गरि १८० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो।

लामाले कार्यक्रममा बोल्दै भनेँ “नेपालको धेरै भागमा हिउँ परिरहेको बेला मैले यहाँको विद्यार्थी सम्झिएँ। सोचेँ, साना नानी बाबुलाई कति जाडो भएको होला।”

आफू त्यहीँ विद्यालयमा अध्ययन तथा अध्यापन गराएको र सोही विद्यालयमा अति विपन्न विद्यार्थीहरुले जाडोको सामना गरिरहनु परेकोले स्वीटर वितरण गरिएको पनि उनले बताए। “म यसै ठाउँमा अध्ययन गरेँ र यही पढाएँ पनि। मलाई तिर्खा लाएको बेला पानी पिलाउनुभयो। भोक लागेको बेला खाना खुवाउनुभयो। म ढलेको बेला उठाउनुभयो। आज मैले सहयोगको पहल गर्न पाउँदा मलाई खुशी लागेको छ।” उनले भनेँ।

हुनेसक्ने र पहुँच हुनेले न्यानो कपडा लाउन सक्ने तर विपन्न विद्यार्थीहरु जाडोले कठिङ्ग्रिएर बस्नुपर्ने अवस्था रहेको पनि उनले बताए।

मंगलबार न्यानो कपडा वितरण कार्यक्रममा राप्ती नगर उप प्रमुख इमानसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै वडा-१० का वडा अध्यक्ष अमर लामा, युवा नेता प्रकाश कालाखेतीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उप प्रमुख लामाले आफूहरुले पनि केही दिन अघि राप्ती-१३ कालीटारमा न्यानो कपडा वितरण गरेको बताए। कपडाको लागि पहल गरेकोमा विश्वशान्तलाई पनि उनले धन्यवाद व्यक्त गरे।

स्वीटरको सहयोग रिखिशी कम्पोस्ट मल प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले गरेकी थिइन्। सहयोग गरेकोमा पहलकर्ता विश्वशान्तले धन्यवाद व्यक्त गरेका छन्।

https://www.ujyaalonepalnews.com/archives/17177

Previous articleसाउदीको कम्पनीले मेरो भाइको शव मात्र होइन पासपोर्ट समेत पठाएन’
Next articleध्रुवे हात्ती फेरी आ’क्रमक, एक सैनिककाे ढाडमा कुल्चिएर मृ’त्यु