खाद्यान्न, औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने

0
54

१ माघ, काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खाद्यान्न, औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् ।

यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री डा. नारायण खड्काले आइतबार विहान आयोजित पत्रकार सम्मेलनमा दिने उनले बताइन् । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली मुलुक अप्ठेरोमा परेका बेला मानवीय सहयोग गर्नु नेपालको नैतिक जिम्मेवारी भएको बताए । नेपाली हवाइजहाजले लिएर जाने खाद्यान्न, लत्ताकपडा र औषधी काबुलमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गर्नेछ ।

अफगानिस्तानलाई गर्ने मानवीय सहयोगले संकट परेका बेला नेपालले ठूलो स्केलमा सहयोग पनि गर्न सक्छ भन्ने सन्देश दिने मन्त्री खड्काले बताए । ‘देशको इमेज विल्ड अप गर्न र हम्रो क्षमता छ भन्ने सावित गर्नका लागि यो एउटा मिसन हो’ उनले भने ।

https://www.ujyaalonepalnews.com/archives/17218

Previous articleसाउदीको कम्पनीले मेरो भाइको शव मात्र होइन पासपोर्ट समेत पठाएन’
Next articleध्रुवे हात्ती फेरी आ’क्रमक, एक सैनिककाे ढाडमा कुल्चिएर मृ’त्यु