भिजिट भिसामा खाडी मुलुक जान लगाइएको रोक हट्यो, तर सरकारले राख्यो यी सर्त

काठमाडौं । सरकारले खाडीलगायतका मुलुकहरुमा भिजिट भिसामा भ्रमण गर्न लगाएको रोक हटाएको छ । तर केही सर्तहरु भने राखेको छ । कोरोना महामारीको संक्रमण बढ्दो रहेको अवस्थामा खाडी राष्ट्र तथा मलेसिया जान यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

सरकारले सरकारी कामको सिलसिलामा भ्रमण गर्ने प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, आयात-निर्यात गर्ने ववसायिक संस्थाका प्रतिनिधिहरु, खाडी मुलुकबाहेकका अन्य कम्तीमा २ राष्ट्रमा भ्रमण गरिसकेका व्यक्ति भने जान पाउनेछन् ।

त्यसैगरी न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भइ कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरु पनि जान पाउनेछन् ।

कस्ता व्यक्तिले जान पाउँछन्?

  •  सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु ।
  • अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु (संस्थागत कार्यका लागि मात्र) । नेपालमा सामान आयात-निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धी कार्यका लागि मात्र) र व्यवसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरु ।

 

  • खाडी राष्ट्रहरु बाहेक कम्तिमा २ वटा अन्य मुलूक पर्यटकको रुपमा भ्रमण गरिसकेका
    यात्रुहरु ।
  • वार्षिक न्यूनतम ६ लाख रुपैया कर योग्य आय भै कम्तिमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु ।
  • औधोयोगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु ।
  • वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्दधनको लागि जाने म्यानपावर व्यवसायीहरु । (सञ्चालक वा आधिकारिक प्रतिनिधि मात्र) ।
  • बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरु

(नेपाली दूताबासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत लेखी आउनु पर्ने)

https://ujyaalonepalnews.com/archives/17318

Previous articleमलेशियाको रोजगारी: नयाँ मागपत्र प्रमाणित गर्ने नेपाली दूतावासको तयारी
Next articleसाउदीमा उपचार नपाएर मृत्यु संग लडिरहेका आयुषको उपचार सुरु;नेपाल फिर्तिको पहल हुदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।