रोयल पेन्ट्सको उपहार योजना सार्बजनिक, छबिलालले पाए १५० सिसिको पल्सर बाइक

चितवन, माघ १० – रोयल पेन्टस प्रा.लि.ले आफ्ना ग्राहकहरुको लागि आयोजना गरेको रोयल पेन्टसको बहार, बम्परमा पल्सर उपहार योजना एक कार्यक्रमबीच सार्बजनिक गरेको छ।

गत भाद्र १ गते देखि कार्तिक ३० गतेसम्म नेपाल भरका विभिन्न डिलरहरुबाट रोयल पेन्ट्स खरिद गर्ने ग्राहकहरुका लागि यो योजना संचालन गरिएको थियो।

रोयल पेन्टस प्रा लि.को आधिकारिक फेसबुक पेजबाट लाइभ गरि गोला प्रथाको माध्यमबाट बिजेता घोषणा गरिएको सो कार्यक्रममा रोयल पेन्टस प्रा लि, एशोसियट कम्पनीका अध्यक्ष प्रमेश भण्डारी,चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, रोयल पेन्ट्सका ब्राण्ड एम्बेस्डर तथा चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत, निर्देशकहरु कृष्ण भण्डारी, पवन राज पौडेल , प्रकाश केसी, वरिष्ठ वित्तीय प्रमुख चिरञ्जीवी पाण्डे लगायतको उपस्थिति रहेको थियो।

उपहार सार्वजनिक कार्यक्रममा १० जना ग्राहकहरुलाई एम आई स्मार्ट मोबाइल, ५ जनालाई ४३ इन्चको भिडियोकोन टेलिभिजन र बम्पर उपहार अन्तर्गत एक जनालाई बजाज कम्पनीको पल्सर १५० बिजेता घोषणा गरिएको थियो। पल्सर बाइक भने कर्णाली ट्रेड्रस, कोहलपुर, बाकेबाट रोयल पेन्ट्स खरिद गर्ने छविलाल ओलीले जित्न सफल भएका हुन् ।कार्यक्रममा गायकद्वय प्रकाश सपूत र महेन्द्रराज बरालले गायन प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

https://ujyaalonepalnews.com/archives/17330

Previous articleसाउदीमा उपचार नपाएर मृत्यु संग लडिरहेका आयुषको उपचार सुरु;नेपाल फिर्तिको पहल हुदै
Next articleवैदेशिक रोजगारीबाट नेपाल फर्कँदै हुनुहुन्छ ? तपाईले थाहा पाउनैपर्ने नियमहरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।