फोनिजको महाधिवेशन चितवनको सौराहामा

चितवन- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ ।

फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

दुःखद खबर: भाईरल ब्वाई सचिनको निधन

Previous articleइञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित
Next articleथप ५१ जनामा कोरोना सङ्क्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।