मन्त्री भुसालद्वारा मोतीपुर सब स्टेसनको उद्घाटन

काठमाडौँ । विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणबाट पछिल्ला तीन दिनमा तीन वटा नयाँ सब स्टेसनको उद्घाटन गरिएको छ ।

यसै क्रममा कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण सम्पन्न भएको १३२/३३/११ केभी क्षमताको मोतीपुर सब स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सब स्टेसनको बिहीबार उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ ।

पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सब स्टेसनमा लगिएको छ । सब स्टेसनमा रहेका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मर छन् । सब स्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत् प्रयोग गर्न आग्रह गर्नुभएको प्राधिकरणले जनाएको छ ।
रासस

के भएको थियो सचिनलाई ?

Previous articleधान डुबान किसानले पाएनन् राहत 
Next articleविद्युत् प्राधिकरणद्वारा थप लगानीका लागि एडिबीलाई आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।