लेटाङ घटना अपडेटः नगरपालिकाका केही क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी

मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

हिजो भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

उहाँले लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरङ्गी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको जानकारी दिनुभयो ।

हिजो लेटाङ नगरपालिका वडा नं. ५ खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब ३ दर्जन प्रहरी र विद्यार्थीहरु घाइते भएका थिए ।

यौन दूर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा केही सेल अश्रु ग्याँस र हवाई फायर समेत गरिएको थियो ।-

https://ujyaalonepalnews.com/archives/17931

Previous articleझुक्याएर जग्गा बैना गरी ४५ लाख ठगी
Next articleएमालेको पोलिटब्युरो बैठक बस्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।