चितवनमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

उज्यालो नेपाल, चैत ७- चितवनमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । चितवनको माडी बरुवामा रहेको सोमेश्वर उच्च मा.बि. मा कार्यरत शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । शिक्षक लामिछानेले आफ्नै विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने १५ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

अभिभावकले छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि माडी न.पा. वडा नं. ५ बस्ने लामिछानेलाई हिजो आइतबार पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/17955

Previous articleकालिका र रत्ननगरको सिमाना बुढीकुलामा पुल निर्माण सम्पन्न
Next article‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।