निर्वाचनको मिति कुनै पनि हालतमा तलमाथि हुँदैन : प्रधानमन्त्री देउवा

मोरङ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष ,भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ को प्रशासनिक भवनको आज शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री देउवाले अगामी स्थानीय तहको निर्वाचन निष्पक्ष ,भयरहित वातावरणमा निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले निर्वाचनको मिति कुनै पनि हालतमा तलमाथि नहुने भन्दै निर्वाचन आयोगलाई सरकारले भरपुर सहयोग गरिरहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहले जनभावना अनुरूप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/17970

Previous articleविदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य
Next articleबीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।