जाजरकोट । जाजरकोट जिल्ला प्रशासन कार्यालयले जिल्लाबाटै विद्युतीय राहदानी (ई– पासपोर्ट) को वितरण थालेको छ ।
चैत ९ गतेबाट एमआरपीलाई विस्थापन गरी ई–पासपोर्टको वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो । विद्युतीय राहदानीका लागि अहिले फाराम सङ्कलनको काम भइरहेको प्रजिअ शाहीले बताउनुभयो ।
राहदानीको लागि सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने बाध्यता हल गर्न ई-पासपोर्टको अवधारणा ल्याइएको र फाराम भरेको ३ सातामा राहदानी पाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । सेवाग्राहीले राहदानीका लागि अनलाइन मार्फत पनि फारम भर्न सक्ने छन् । सेवाग्राहीले अनलाइनबाट भरेको फारमको प्रिन्ट कपी र बैङ्कमा तोकिएको राजस्व जम्मा गरेको रसिद ल्याएर आए राहदानी पाउने प्रजिअ शाहीले बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/18073


