पार्टीले टिकट दिए वडाध्यक्षमा उठ्छु – बद्रि अर्याल

उज्यालो नेपाल, चैत १०- रत्ननगर १६ का स्थानिय कांग्रेस नेता बद्रि अर्यालले पार्टीले टिकट दिए आगामी निर्वाचनमा वडाध्यक्षमा चुनाब लड्ने बताउनु भएको छ। विगत २० वर्षदेखि रत्ननगरमै रहेर कांग्रेसको राजनीति गरिरहेका अर्यालले टिकट पाए चुनाब लड्ने बताएका हुन् । बुधबार उज्यालो नेपाल संग कुराकानी गर्दै अर्यालले पार्टीमा यस विषयमा छलफल भईरहेको जानकारी दिए ।

पार्टीमा आधादर्जन भन्दा बढि आकांक्षी रहेको अवस्थामा टिकट पाउन भने निकै कसरत गर्नुपर्ने उनले बताए । नेपाली कांग्रेस वडा नं १६ बाट पुर्षोत्तम लामिछाने, नेत्रप्रसाद घिमिरे लगायत आकांक्षी छन् । चुनाब केन्द्रित गतिविधिलाई तिब्रता दिएको कांग्रेसमा उम्मेदवार टुंग्याउन भने निकै सकस पर्ने देखिएको छ ।

आकांक्षी अर्याल विभिन्न संघसंस्थामा आबद्द रही काम गर्दै आएका सामाजिक व्यक्तित्व हुन् ।  जनजागृति माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा बसेर काम गरिसकेका अर्याल हाल पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष छन् ।  उनकै नेतृत्वमा नेपाल सरकारको NLSIP कार्यक्रम अन्तर्गत लागत साझेदारीमा झन्डै एक करोड रुपियाँको लगानीमा दुग्ध विविधिकरण आयोजना संचालन गर्दैछ ।

निकै शालिन र भद्र स्वाभावका अर्यालले स्नातक सम्मको अध्ययन पुरा गरेका छन । वडालाई सुखी र समृद्ध बनाउने अर्यालका योजना छन् ।  ‘छोटो’ समयको गुरुयोजना बनाएर वडालाई ‘मोडल’ वडाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले बताए ।

https://ujyaalonepalnews.com/archives/18080

Previous articleएम्बुलेन्स सहयोगः सुत्केरी गराउन ट्याक्टरमा अस्पताल लैजानुपर्ने अवस्थाको अन्त्य
Next articleवीरगञ्ज नाकाको राजस्व सङ्कलनमा उलेख्य सुधार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।