रत्ननगरको मेयरमा कांग्रेस नेता भेषराज दुवाडीको नाम चर्चामा

0
68

चितवन, चैत्र १० । पालिका स्तरमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । मुलुकका दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले घरघर जाऔं,काँग्रेस जिताऔं अभियान मार्फत मतदाताका आगनमा पुगेको छ । सो पार्टीले टोल कमिटी गठन गरी निर्वाचन परिचालनलाई सशक्त बनाएको छ । अभियान चलिरहदा नेताहरु बीच मेयर, उपमेयर तथा वडा अध्यक्षमा चुनाब लड्ने आकाँक्षीहरु प्नि देखिन थालेको छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाको मेयर बन्न काँग्रेसका पुराना र पार्टीमा लामो समय योगदान गरेका सामाजिक अगुवाहरुको चर्चा सुरु भएको छ । काँग्रेसबाट मेयर पदमा आकांक्षी एक दर्जन नेता मध्ये भेषराज दुवाडीको नाम अग्रस्थानमा रहेको छ । नेपाली कांग्रेसको तर्फबाट भेषराज दुवाडीलाई मेयर बनाउने पक्षमा कार्यकर्ता लागिपरेका छन् । उद्योग देखि उनले नेतृत्व गरेका सामाजिक एवम धार्मिक संघसंस्थाको विकाश देख्दा एक पटक नगरपालिकाको मेयर बनाएर नगरपालिकाको विकाश देख्ने पक्षमा कार्यकर्ता छन् ।

दुवाडीको राजनीतिक यात्रा

२०४६ सालको जनआन्दोलनमा १६ बर्षको सानो उमेरमा १६ दिन जेल जीवन यापन गर्नु भएका दुवाडी जेलबाटै खाली कागजमा हस्ताक्षर गरेर छुटे लगतै अन्य आन्दोलनमा होमिन पुगे । आन्दोलन अगाडि बढाउने क्रममा पञ्चकन्या विद्यालय बन्द गराएको आरोपमा भूमिगत भएर बस्नु प¥यो । दुवाडी भूमिगत रहदै गर्दा कोहलपुर, सुर्खेत लगायतका स्थानका आन्दोलनमा सरिक भई २०४६ साल चैत २६ गते प्रजातन्त्र घोषणा भएपछि घर फर्किएका थिए ।

२०४८ सालमा शिवनगरमा भएको तत्कालिन महाधिवेसनमा पञ्चकन्या माध्यमिक विद्यालयको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यक्रमहरुमा सरिक भए । त्यस्तै २०५१ सालमा काठमाण्डौ क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद भट्टराई र विपक्षीमा विद्यादेवी भण्डारीले प्रतिस्पर्धा गरेको चुनावमा प्रचारप्रसारको लागि चितवनबाट सहयोग गरेका थिए । दुवाडी २४ बर्षको उमेरमै रत्ननगर नगरपालिका वडा नम्बर १३ को निर्वाचनमा समेत भाग लिए ।

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा समेत मेयरको आकांक्षी रहेका दुवाडी कांग्रेसका विभिन्न कार्यक्रम सफल बनाउन ठुलो योग्दान पु¥याए । २०७४ सालको प्रादेशिक एव्म संघीय निर्वाचनमा नेपाली कांगे्रस केन्द्रीय प्रचारप्रसार समितिको सदस्य एव्म गोर्खा जिल्लाको संयोजक रहेर काम गरि सकेका छन् । ०७४ कै स्थानीय निर्वाचन एव्म प्रदेश ख को प्रादेशिक निर्वाचन आर्थिक समिति संयोजकको भूमिकामा रहि काम गरिसकेका छन् ।

१४ औं महाधिवेसनमा चितवनको निर्वाचन क्षेत्र नम्वर १ बाट खुल्ला तर्फको प्रतिनिधिमा सर्वोत्कृष्ट मतबाट विजयी भए । यसरी सर्बाधिक मत ल्याएर विजयी भएका दुवाडीको पक्षमा माहोल राम्रो रहेकोे कार्यकर्ताको भनाई छ । दुवाडी नगरको टोलटोलमा पुगेर राजनीतिक कार्यकर्ता भेटघाका कार्यक्रममा सरिक बनिरहेका छन् । पार्टी भित्रको सबै पक्षलाई समेटन सक्ने स्वभावका दुवाडी सामाजिक क्षेत्रको नेतृत्वका कारणले गर्दा पनि उनी फरक बिचार र स्वतन्त्र बिचार भएका ब्यक्तिको समेत मन जित्न सफल मानिन्छन् । नगर भित्र रहेका सुकुमबासी मजदुर, किसान उद्यमशिलता, रोजगारी लगतायका बिषयलाई समेटेर पर्यटन,कृषि र उत्पादनलाई जोडेर समृद्ध नगर बनाउन सक्ने खुवीको रुपमा दुवाडीलाई हेरिएको छ ।

दुवाडीको व्यवसायिक यात्रा

राजनीतिकलाई प्राथमिकतामा राखेर दुवाडी विस्तारै व्यवसायिक यात्रा तर्फ उन्मुख बन्दै गए । राजनीतिसंगै आफुलाई व्यवसायमा समेत सफलता हाल पार्दै गए । हाल उनी होटल स्टार चितवनका अध्यक्ष, चितवन मिड टाउन रिसोर्टका अध्यक्ष उपरदाङगढी रिसोर्टका अध्यक्ष, मल्टिएग्रो भिजन नेपालका अध्यक्ष, स्याङ्डवीच होम सोलुसनका सञ्चालक, स्यम्भु स्टार बैङ्कुटका सञ्चालक रहेका छन् । सानो लगानीबाट सुरु गरेको उनको व्यवसायमा नेतृत्व गर्न सक्ने क्षमताले उनि सफल व्ययसायीको रुपमा परिचित छन् । जस कारणले पनि उनी मेयर बने भने नगरपालिकाको समृद्धि र शुसानमा परिवर्तन ल्याउन सक्ने कार्यकर्ताको विश्वास रहेको छ ।

सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय

दुवाडी सामाजिक क्षेत्रमा समेत सक्रिय नाम हो । उनी गरिब दिनदुखिको मलम मात्र बनेका छैनन् दीर्घरोगीको अभिभावक संगै अनाथ वालवालिकाको समेत अभिभावक बनेका छन् । दुवाडी गरिब,बृद्धबृद्धा, बेसाहारा तथा असाहयको अभिवावक बन्दै उनले नेतृत्व गरेका संघसंस्थाहरुकको विकास एव्म आर्थिक पारर्दशिताका कुरामा संस्थाहरुलाई अग्र स्थानमा राख्न सफल रहे । दुवाडी नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषदका सदस्य, बागमती प्रदेश उद्योग परिसंघ हेटौडाका अध्यक्ष, चितवन उद्योग संघका पूर्व अध्यक्ष, चितवन औद्योगिक साकोसका पूर्व अध्यक्ष, नेपाल क्षेत्रीय होटल संघ सौराहाका पूर्व उपाध्यक्ष, नेपाल माल्टा चेम्बर अफ कमर्सका महासचिव, बैद्धिक प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष, श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका अध्यक्ष,योगी नरहरी नाथ प्रतिष्ठानद्धारा सञ्चालित समाबेशी गुरुकुलमको संस्थापक कोषाध्यक्ष, श्री शंकराचार्य आश्रमका उपाध्यक्ष, आत्रय गोत्रीय दुवाडी सेवा समाज नेपालका कोषाध्यक्ष, नेपाल रेडक्रस सोसाईटीका बिशिष्ट सदस्य र रोटरी क्लब अफ रत्ननगरमा सदस्य रही सामाजिक क्षेत्रमा निकै सक्रिय रहेका छन् ।

उद्योग स्थापनामा महत्वपूर्ण भूमिका

दुवावडीले चितवन उद्योग संघको नेतृत्वमा रहदाँ अग्रजहरुले अगाडि सारेका कार्यक्रमहरु मध्य चितवन औद्योगिक प्रदर्शनी केन्द्र, शक्तिखोर औद्योगिक पार्क, औद्योगिक पाठशाला लगायतका महत्वपूर्ण कार्य सम्पन्न गराउने उनको भुमिका महत्वपुर्ण देखियो । जस अनुरुप चितवन औद्योगिक प्रर्दशनीमा बार्षिकरुपमा दर्जनौ भन्दा बढी औद्योगिक प्रर्दशनी हँुदै आएका छन् । विश्व बजारमा विकाश भएको सबै प्रकारका औद्योगिक सुचना र प्रविधिको मेला चितवनमा हुन थालेपछि सबै क्षेत्रका उद्योगीहरु लाखौं खर्चेर सुचना र प्रविधिको प्रर्दशनी हेर्न विदेश जानु पर्ने बाध्यताको अन्त्य हुनुका साथै स्वदेशमै उन्नत प्रबिधिको प्रयोग गरि उद्यामशिलतामा विकाश भएको छ ।

दुवाडी अध्यक्ष रहदा अगाडि सारिएको औद्योगिक पाठशाला समेत हाल चितवन उद्योग संघको परिसरमा सञ्चालन भइरहेको छ । त्यहा सञ्चालन भएको औद्योगिक पाठशालालाई युवा उद्यमी उत्पाादन गर्नुका साथै दक्ष जनशक्तिको समेत उत्पादन भइरहेको छ । यसरी अगाडि बढाइएको कामले दक्ष जनशक्ति उत्पादनले राष्ट्रिय उत्पादनमा ठुलो टेवा पुर्‍याएको छ ।

शक्तिखोरमा निर्माणको क्रममा रहेको शक्तिखोर औद्योगिक पार्कको अभियान्ताको रुपमा समेत चितवन उद्योग संघले भेषराज दुवाडीलाई अभियानताको रुपमा घोषणा गरेको छ । पार्क निर्माणको स्थान छनोट देखि हाल सम्मको प्रकियामा दुवाडीको भुमिका महत्वपुर्ण रहेको देख्न सकिन्छ । दुवाडी अभियानता रहेको १७४१ बिघामा क्षेत्रफलमा फैलिएको अन्तराष्ट्रिय स्तरको औद्योगिक पार्क निर्माणको लागि ३६ अर्ब लागत स्टिमेट बनेको पार्कमा ८ सय भन्दा बढी उद्योग,टरन्सपोट, बैंक, औद्योगिक पाठशाला, होटल तथा रिसोर्ट, कामदारको आवास, विद्यालय, कलेज अस्पताल, सुरक्षाकर्मीको पोष्ट तथा आवास सहितको वातावरण मैत्री अत्याधुनिक औद्योगिक पार्क निर्माण हुँदैछ ।

बाह्रै महिना सौराहामा पर्यटक ल्याउन महत्वपुर्ण भूमिका

दुवाडी क्षेत्रीय होटल संघको उपाध्यक्ष रहदाँ नेपालको तेश्रो पर्यटकीय गनतब्य सौराहाप्रति राज्यको ध्यानाकर्षण गर्नका लागि प्रथम पटक पर्यटन २०२० को संघारमा राष्ट्रपतिद्धारा हात्ती महोत्सवको उद्घाटन गराउनमा महत्वपूर्ण भुमिका रह्यो । दुवावडीले उज्यालो सौराहा बनाउनमा समेत महत्वपूर्ण भुमिका खेलाका थिए । उनले हात्ती महोत्सवलाई व्यवस्थित र पर्यटकलाई रमाईलो बनाउन हात्ती पिकनिक जस्तो लोकप्रिय कार्यक्रमको सुरुवात गरे । सौराहा आउने पर्यटकलाई स्थानीय संस्कृतिसंगै रमाउदै कृषि र पर्यटनसंगसंगै भन्ने नारा सहित रोपाई महोत्सव, होली बिशेष लगायतका कार्यक्रमहरुको सुरुवात दुवाडीले गराएका थिए । सौराहामा १२ महिना पर्यटक भित्र्याउने उद्देश्यले यस्ता किसिमका कार्यक्रम गरेको दुवाडी बताउछन् । पर्यटनको सुरक्षाको लागि सौराहामा पर्यटन प्रहरी र उनीहरुलाई आवश्यक पर्ने सवारी साधनको व्यवस्थापनमा पनि दुवाडीले भूमिका खेलेका थिए ।

गुरुकुलम सञ्चालनमा अग्रस्थानमा

दुवाडीले प्र्राचिन भाषा, संस्कृत र सभ्यताको संरक्षण गर्ने उद्देश्यले श्रीराम बैद्धिक संस्कृत गुरुकुलमको सुरुवात गरे । जस्मा आधुनिक शिक्षा सहित प्राचित संस्कृतिको जर्गेना गर्दै हाल ७० जना विद्यार्थी निःशुल्क आभास, भोजन सहितको शिक्षा प्रदान गरिएको छ । । २५ सय घरधुरी मुठिदाताहरुलाई आवद्द गराएर रत्ननगर, १३ जयमंगालामा सञ्चालन भइरहेको छ । जहाँ कक्षा छ देखि १२ सम्म पठनपाठन हुने गरेको छ । दुवाडीले सोहि प्रकृतिको श्रीहरिहर गायत्री गुरुकुलम निपनी र श्री राम बैद्धिक संस्कृत गुरुकुलम दुवैलाई मिलाएर रत्ननगर क्षेत्रमा बिद्यापिठ निर्माण गर्ने योजनाका साथ काम अगाडि बढेको छ ।

साथै दुवाडी संस्थापक कोषाध्यक्ष रहेको योगी नरहरी नाथ प्रतिठानद्धारा बागेश्वरी देवघाटमा सञ्चालित समाबेसी गुरुकुल सञ्चालनमा छ । जहाँ सबै जात, धर्म, बर्ग र क्षेत्रका बटुकहरुलाई समाबेश गरि समानरुपले ब्रामणोत्व धारणा गराई प्राचिन भाषा पठन पाठन गराई धार्मिक, जातिय लगाएत छुवाछुत लगाएत बिभेदकारी अवस्थाको अन्तय गरेको संदेश दिईन्छ । उत्त गुरुकुलक हाल कक्षा छ देखि दश सम्म सञ्चालन भईरहेको छ ।

बैदेशिक भ्रमण तथा सम्मान

दुवाडी ब्यपार ब्यवसायको प्रवद्धनको क्षेत्रमा निकै महत्वपुर्ण भुमिकामा छन् । दुवाडी महामहिम राष्ट्रपति बिद्या देवि भण्डारकिो कतारको राजकीय भ्रमणकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै भ्रमणमा पुगे । भ्रमणमा नेपाल र कतार बिचको ब्यपारिक र व्यवसायिक बार्ता सफल बनाउन उनको भुमिका रह्यो । उनी ब्यवसायिक यात्राकै क्रममै छिमेकी मुलुक भारत, चिन सँगै जापान, दक्षिण कोरिया, दक्षिण अफ्रिका, क्नया तान्जेनिया दुवै, थाईल्याण्ड लगायतका देशमा भ्रमण गरेका छन् । उनी पुगेका देशमा निजी क्षेत्रको लगानीको लागी हातेमाले गर्दै गर्दा नेपालमा लगानी गर्न ईच्छुक रहेको पाइएको दुावाडी बताउछन् ।

सम्मान योग्दान तथा भुमिका

दुवाडी २०७८ मा सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनिय योगदान गरे बापत राष्ट्रतिबाट प्रदान गरिने प्रवल जनसेवा बिभषणबाट सम्मानति हुन छनोट हुनु भएको थियो । त्यस्तै २०७१ मा युवा उद्योमी राष्ट्रिय सम्मान, सन २०१८ मा एसियन युथ ईन्सप्रिएसन्स अवार्डसँगै सामाजिक धार्मिक तथा व्यवसायिक संघसस्थाहरुबाट सम्मानित हुनु भएको छ । त्यसतै दुवाडीले कोभिड १९ को महामारिको पहिलो लहर जुनबेला परिवारबाटै अपहेलित हुने अवस्थामा आफ्नै होटलमा कमपाउण्लाई क्यारेनटाईन र आईसोलेसन सेन्टरको सञ्चालन गरे । प्रशासन तथा स्थानीय पालिकालाई आग्रह गर्दा समेत सम्बन्धित निकायबाट चासो नदेखिएपछि सिफरिसका आधारमा आफ्नै रिक्समा क्वारेनटाईन स्थापना गरेको उनले बताए । उनले स्थापना गरेको क्वारेनटाईनमा कोरोना पोजेटिभ भएका सय जना भन्दा बढि बिरामीले सुविधा लिई निको भएपछि घर फर्केका थिए ।

दुवाडीको परिकलपनाको रत्ननगर

पर्यटन, कृषि र उत्पादन मुलक उद्योगगहरु सहितको नगर बनाउने दुवाडीको ईच्छा छ । नगरपालिकालाई पर्यटकीय शहर निर्माण गरि युवाहरुको लागि रोजगार दिने उनको मुख्य प्राथमिकता रहेको छ । जैविक पर्यटकका कारणले बिश्व बजारमा प्रख्यात रहेको सौराहालाई बृहत सौराहा घोषणा गरि सौराहा पर्यटक विकास समिति स्थापना गर्ने परिकल्पना रहेको दुवाडी बताउछन् । लामो समय देखि एउटै लयमा चलेको पर्यटकीय गतिबिधिलाई पहाड सम्म उपरदाङगढी,ईच्छाकमना, सिराईचुली, कान्दा, परेवाकोट सम्मको पदयात्रा बनाएर पर्यटकको बसाई लम्ब्याउने काम गर्ने उनको भनाई छ ।

समग्र रत्ननगरलाईनै पर्यटकीय नगरको रुपमा स्थापना गर्दै पर्यटक मैत्री वातावरण बनाउने देखि हरियाली नगर, साइकल तथा पदमार्ग निर्माण गर्दै बाह्य पर्यटकको पहिलो रोजाईमा रत्ननगरलाई पार्ने उनको योजना छ । उनले रत्ननगरमा उत्पादन भएका बस्तुलाई ब्राण्डेड गर्दै विश्व बजार समक्ष पु¥याएर कृषक तथा लगानी कर्ताको हितमा काम गर्न प्रोत्सहान गर्ने उनको योजना छ ।
लामो ससय सम्म भुमिहिन,आदिबासी जनजाति, सिमानतकृतको पेरिफेरीमा घुमेको राजनीतिलाई अन्त्य गर्न रोजगार मुलक उद्योग निमार्ण गरि रोजगारी दिने योजना रहेको छ । दुवाडीले यस्ता बर्गलाई अपार्टमेन्ट सहित शिक्षा, स्वास्थ्य र रोजगारी सहितको जीवनयापन गराउने योजना बनाएका छन् ।

दुवाडीले विभिन्न देशमा गरेको व्यवसायिक र औद्योगिक भ्रमणका क्रममा रत्नगरको विकास निर्माणमा विभिन्न देशको चासो रहेकोले सौराहालाई जोड्दै रोजगारका बाटो प्रस्सत रहेको बताए । उनले शिक्षा, स्वास्थ्य उद्यमशिलता र रोजगारीलाई प्राथमिकतामा राखेर पर्यटकीय रत्ननगर निर्माण गर्ने योजना रहेको सुनाए ।

पूर्वी चितवनका ४ वटा नगरपालिका रत्ननगर, कालिका, खैरहनी र राप्तीलाई समाबेस गर्दै सौराहालाई केन्द्र बिन्दु बनाएर महानगरको रुपमा अगाडि सार्ने परिकल्पना गरेको दुवाडीको भनाई छ । उनले चितवनको पहाड शक्तिखोर औद्योगिक पार्क र सौराहाको पर्यटकलाई जोडेर पर्यटन, कृषि र उत्पादन सहितको बृहत र समपन्न पर्यटकीय हब सहितको महानगर बनाउने उनको परिकल्पना छ । विकास निर्माण तर्फ रत्ननगरमा रिङरोड बनाएर ग्रामिण बस्तीहरुलाई सडक सञ्जालसंग जोडने र स्थानीयबासीको जीवनशैलीमा सुधार ल्याउने योजना बनाएका छन् ।

 

https://www.ujyaalonepalnews.com/archives/18087

Previous articleइजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते
Next articleविदेशबाट आउने यात्रुले सीसीएमसीसी फारम भर्नुपर्ने नियम हट्यो