बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

0
76

काभ्रे- अरनिको राजमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडी सवार गर्ने एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ७ मा धुलिखेलबाट बनेपातर्फ गइरहेको बा २ ख ५२९४ बसले बनेपाबाट धुलिखेल जाँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्काको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाका जानकारी दिनुभयो ।

उहाँका मोटरसाइकलमा पछाडी सवारमा सोही ठेगानाका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइतेको थप उपचारको लागि ललितपुर स्थित मेडिसिटी अस्पतालमा पठाएको छ । मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।

https://www.ujyaalonepalnews.com/archives/18118

Previous articleअतिक्रमित संरचना हटाउन सुरु
Next articleअब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले