उज्यालो नेपाल, चैत १५- ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख डिएसपी ईन्द्र बहादुर रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार साँझ एक सुचना जारी गर्दै सरुवाको जानकारी दिएको हो । १३ महिना सम्म टाँडी प्रहरी प्रमुख रहेका रानाको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा सरुवा भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय बाट ‘उत्कृष्ट प्रहरी’ घोषित भएका राना निकै काबिल प्रहरी अधिकृतमा गनिन्छन् । रत्ननगरमा रहँदा उनले सुजिता भण्डारी हत्या काण्ड, रत्ननगर बाट बरामद भएको च्यावनप्रासको बट्टामा लुकाई राखिएको झन्डै २ क्विन्टल चरेस बरामद घटना, फरार प्रतिवादी लाई पक्राउ लगायतका काममा आफुलाई अब्बल साबित गरेका थिए ।
राना संगै प्रहरी प्रधान कार्यालयले ३६ डिएसपीको पनि सरुवा गरेको छ । सरुवामा १२ वटा इप्रका, वडा तथा वृत्तका प्रमुख फेरिएका छन् । रानाको सरुवा भएसंगै अब उनको स्थानमा रविन बाबु रेग्मी आउने भएका छन् । रेग्मी केन्द्रिय अनुसन्धान ब्यूरोबाट चितवनको टाँडी सरुवा भइ आएका हुन् ।
https://ujyaalonepalnews.com/archives/18177


