मलेशियामा मे १ देखि न्यूनतम् तलब बढ्दै, श्रमिकको तलब १५०० रिंगिट

काठमाण्डौ – मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम ज्याला बढाउने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम ज्याला मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गर्नुभएको हो । तर प्रधानमन्त्रीको यो घोषणालाई लिएर मलेसियाका कतिपय क्षेत्र भने असन्तुष्ट बनेका छन् ।

मलेसियाको औद्योगिक क्षेत्रले भने सरकारको विरुद्ध विरोध प्रदर्शन नै गरेको छ । बढाएको पारिश्रमिक लागू गर्दा कम्पनी घाटामा जाने र हुने खर्च व्यहोर्न नसक्ने औद्योगिक क्षेत्रको भनाइ छ ।

प्रधानमन्त्री साब्रीले भने सुरुमा ठूला कम्पनीहरू तथा सरकारी निकायसँग आबद्ध कम्पनीहरूमा न्यूनतम ज्याला वृद्धि लागू हुने बताउनुभएको छ ।

साना, थोरै श्रमिक काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरूमा भने मानव संसाधन मन्त्रीले अन्य मन्त्रीहरूसँग छलफल गरेर त्यस्ता कम्पनीहरूमा कहिलेदेखि न्यूनतम ज्याला वृद्धि लागु गर्ने भन्ने तय हुने बताइएको छ । मलेसियाले सन् २०२० को फेब्रुअरी १ देखि न्यूनतम ज्याला १ हजार २ सय लागु गरेको छ ।

https://ujyaalonepalnews.com/archives/18243

Previous articleमुस्ताङमा पर्यटकको चाप बढ्यो
Next articleनयाँ वर्षको कार्यक्रममा गायक हरिश माथेमा चितवन आउदै।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।