उज्यालो नेपाल, चैत १६- माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रत्ननगर नगर कमिटि सदस्य पुर्षोत्तम कट्टेल नेकपा (एमाले) मै फर्किएका छन्। एमालेका नेता कट्टेल माधव समूहले नयाँ पार्टी गठन गरेसँगै एकीकृत समाजवादीमा लागेका थिए।
आफू आबद्ध रहेको एकीकृत समाजवादी राष्ट्रियताको पक्षमा कमजोर रहेको आरोप लगाउँदै उनी एमालेमा फर्किएका हुन्। “उक्त पार्टी बाट देश र जनताको भलो नहुने र प्रतिक्रियावादी शक्तिलाई मलजल मात्र पुग्ने ठहर गर्दै” आफु उक्त पार्टीबाट अलग भएको उनले एक प्रेस विज्ञप्ती जारी गर्दै बताएका छन् ।

https://ujyaalonepalnews.com/archives/18254


