नेपाल बार एशोसिएशनको निर्वाचन आज

काठमाडौं- नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभयो ।

निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि आज देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ भने ४ बजे सम्पन्न हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ । निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ । उपत्यकामा धेरै मतदाता भएकाले चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जनकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/18297

Previous articleजग्गा प्लटिङको पर्खाल लगाउँदा खसेको ढिस्कोले पुर्दा दुई मजदुरको मृत्यु
Next articleकतारमा हुने विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।