बार निर्वाचन : मतपेटिका आउने क्रम जारी

काठमाडौं– नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन ।

नेपाल बार एसोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको छ । उदयपुर, धनकुटा र राजविराज मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ ।

उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ केन्दबाट मतदान भएको थियो । काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/18340

Previous articleसैनिक कल्याणकारी कोषको सम्पति रु ६४ अर्ब
Next article‘भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।